×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

धितापत्र बोर्डका अध्यक्ष ढुंगानामाथि छानबिन गर्न गठित समितिले बुझायो प्रतिवेदन

५ आश्विन २०७८

५ असाेज, काठमाडाैँ ।

अर्थमन्त्री जनार्दन शर्माले सेयर कारोवारमा संलग्न लगानीकर्ताको हितलाई रक्षा गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । मंगलवार अर्थ मन्त्रालयमा नेपाल धितापत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानामाथि जाँचबुझ गर्न गठित जाँचबुझ समितिको प्रतिवेदन बुझ्दै अर्थमन्त्री शर्माले सेयर कारोबारमा ठुलो संख्यामा आम जनता सहभागी भइरहेको भन्दै सेयर कारोबारमा आउने सर्वसाधारणको हितको रक्षा गर्नु सरकारको दायित्व भएको बताएका हुन् ।

Advertisement
Advertisement

उनले प्रतिवेदनको अध्ययन गरी जाँचबुझ समितिले दिएको सुझाव अनुसार आवश्यक प्रक्रिया अगाडी बढाउने पनि बताए । जाँचबुझको प्रक्रियाले सेयर बजारलाई व्यवस्थित र सुरक्षित बनाउन मद्दत पुग्ने उहाँले विश्वास व्यक्त गरे । उनले भने– ‘नेपाल सरकारले यसको अध्ययन गरेर जाँचबुझ समितिले दिएको सुझाव अनुसार आवश्यक प्रक्रियामा अगाडी बढ्ने कुरापनि म जानकारी गराउन चाहान्छु । सेयर कारोबारमा आम जनता ठुलो संख्या सहभागी भइरहेको र सेयर कारोबार सम्बन्धी सूचनाहरु, त्यसको बारेमा जानकारीहरु कम हुँदाहुँदै पनि कारोबारमा ठुलो संख्या सहभागी भइरहेको सन्दर्भमा हाम्रो दायित्व ति सबै सेयर कारोबारमा आउने सर्वसाधारणको हितको रक्षा गर्ने कुरा नै हो । यो प्रक्रियाले सेयर मार्केटलाई व्यवस्थित गर्ने, सुरक्षित गर्ने कुरामा थप मद्दत पुग्नेछ भन्ने मैले विश्वास लिएको छु । सर्वसाधारणको अहित नहोस् भन्ने कुरामा सचेत रहेको जानकारी गराउँछु ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले कानूनविपरीत सर्वोत्तम सिमेन्टको शेयर आफन्तको नाममा खरीद गरिदिएर विवादमा तानिएपछि सरकारले २०७८ भदौ १६ गतेको मन्त्रीपरिषद्को निर्णय अनुसार उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा विज्ञ सदस्य नारायणप्रसाद पौडेल र सहसचिव अर्जुनकुमार खड्का रहेको तीन सदस्यीय जाँचबुझ समिति गठन गरेको थियो । सो समितिले मंगलवार अर्थमन्त्रीलाई प्रतिवेदन पेश गरेको हो । अर्थमन्त्री शर्माले प्रतिवेदन बुझ्दै आफुले प्रतिवेदन प्रधानमन्त्री समक्ष पु¥याउने र प्रतिवेदनको अध्ययनपश्चात आवश्यक प्रक्रिया अगाडी बढाइने बताए ।

Advertisement

भर्खरको समाचार

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top