अब अमेरिका प्रवेश गर्न सहज

५ असाेज, एजेन्सी ।

Advertisement

विश्वब्यापी कोभिड महामारीबाट सबैभन्दा बढी प्रभावित देश हो अमेरिका । संक्रमणकै कारण अमेरिकाले आफ्नो देश भित्र प्रवेश गर्नका लागि विभिन्न देशका नागरिकलाई यात्रा प्रतिबन्ध लगाएको थियो । यो प्रतिबन्धले मुलुक बाहिर रहेका अमेरिकी तथा अमेरिका पुगेका अन्य देशका नागरिक रोकिएका थिए । तर अहिले जोखिमको संभावना कम रहेको र अधिकांश नागरिक खोपको पहुँचमा पुगेपछि विगतमा लगाएका यस्ता प्रतिबन्धहरु अमेरिकाले विस्तारै हटाउदै लगेको छ ।

अमेरिकाले यूके, ईयू र अन्य देशहरूका मानिसहरु आफ्नो देश प्रवेश गर्न पाउनेगरी यात्रा प्रतिबन्ध खुकुलो पारेको छ । नोभेम्बरबाट पूर्णमात्रा खोप लगाएका विदेशी यात्रुहरू कोभिड परीक्षण र कन्ट्याक्ट ट्रेसिङ मात्र गरेपछि अमेरिका जान पाउनेछन् । गतसाता मात्र ह्वाइटहाउसले प्रतिबन्धहरू नहटाइने बताएको थियो। कोभिड नियन्त्रणका लागि भन्दै १८ महिनाअघिदेखि त्यहाँ हवाईयात्राका कडा प्रतिबन्धहरू लगाइएको थियो। यो कदमले अमेरिकाका युरोपेली साझेदारको एउटा मुख्य मागलाई सम्बोधन गरेको छ।

Advertisement

यसले अब प्रतिबन्धकै कारण टाढिएका साथी र नातेदारलाई पुर्नमिलन हुने बाटो खोल्नेछ । अमेरिकी प्रतिबन्ध सबैभन्दा पहिले सन् २०२० को सुरुतिर चीनबाट आउने यात्रुहरूमा लगाइएको थियो जुन पछि अन्य देशहरूका लागि विस्तार गर्दै लगिएको थियो । हालको नियमले पछिल्लो १४ दिनभित्र यूके, कयौँ युरोपेली देशहरू, चीन, भारत, दक्षिण अफ्रिका, इरान र ब्रजिल पुगेका गैरअमेरिकी नागरिकलाई अमेरिका जान रोकिएको थियो। नयाँ नियम अनुसार विदेशी यात्रुहरूले उड्नुअगावै कोभिड नेगेटिभ आएको परीक्षणको नतिजा देखाउँदै आफ्ना सम्पर्क विवरण देखाउनुपर्नेछ तर क्वारिन्टिन भने बस्नुपर्नेछैन ।

नयाँ नियम अमेरिकाले स्वीकृति दिएका मात्र वा सबै खोपहरूमा लागु हुने हो भन्ने स्पष्ट भइसकेको छैन। आस्ट्राजेनेका खोप अझै अमेरिकामा स्वीकृत भएको छैन। एउटा मात्र खोप लगाएका १२ देखि १८ वर्षबीचका मानिसहरूलाई प्रवेश पाउँछन कि पाउँदैनन् भन्ने समेत स्पष्ट भइसकेको छैन। तर ह्वाइटहाउसका कोभिड संयोजकले त्यसबारे अमेरिकी सेन्टर्स फर डीजिज कन्ट्रोलले निर्णय लिने बताएका छन्। क्यानाडा र मेक्सिकोको जमिनबाट अमेरिका प्रवेश गर्नेहरूका हकमा भने नयाँ नियम लागु नहुने भएको छ । अमेरिकाका ४ करोड ३१ लाख भश्न्दा बढी संक्रमित भेटिएका छन् भने ती मध्ये ६ लाख ९४ हजारको मृत्यु भईसकेको छ । अमेरिकामा अझै पनि ९७ लाख भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top