×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026

किन हुन्छ सीमा क्षेत्रमा सशस्त्र प्रहरीमाथि बारम्बार आक्रमण ?

६ आश्विन २०७८

काठमाडौं : कञ्चनपुरमा सोमबार साँझ भारतीय तस्कर समूहको आक्रमणबाट नेपालका तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् । साँझ करिब ८ बजेको समयमा दोधाराचाँदनी नगरपालिका–८ को कञ्जभोज नजिकै नेपाल–भारत सीमा क्षेत्रमा गस्तीमा खटिएका सशस्त्र प्रहरीको टोलीमाथि भारतीय तस्कर समूहले आक्रमण गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ नम्बर गण शैलेश्वरीले जनाएको छ ।

गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) वीरेन्द्र ऐरका अनुसार नेपालतर्फ विभिन्न सामान तस्करी भइरहेको अवस्थामा सशस्त्र प्रहरीको गस्ती टोलीसँग भेट भएपछि उनीहरूले एक्कासि ढुंगामुढा गरेका थिए ।

Advertisement
Advertisement

एसपी ऐरका अनुसार तस्कर समूहले आक्रमण गरेपछि सशस्त्र प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिने प्रयास गरेका थिए । तर ३०÷४० मिटरनजिकै भारतीय भूमि भएकाले उनीहरूलाई नियन्त्रणमा लिने प्रयास सफल भएन । त्यसपछि सशस्त्र प्रहरीले सोको जानकारी एसएसबी र भारतीय प्रहरीलाई दिएको थियो । त्यसपछि भारतीय सुरक्षाकर्मीले सो घटनामा संलग्न एक जनालाई पक्राउ गरिएको जानकारी नेपाल पक्षलाई दिएको छ ।

भारतीय तस्कर समूहले डिउटीमा रहेका सशस्त्र प्रहरीको टोलीमाथि आक्रमण गरेको यो नै पहिलोपटक होइन । ३१ जेठ २०७७ मा पनि भारतीय टोली र सशस्त्र प्रहरीबीच सर्लाहीको नारायणपुर नाकामा झडप भयो । त्यसदिन अवैध रूपमा नेपाल पस्न खोजेका थोरै संख्याका भारतीयलाई रोक्न खोज्दा केही क्षणमै भेला भएका सयौं भारतीय व्यापारी सशस्त्र प्रहरीमाथि जाइलागेका थिए । प्रतिकारस्वरूप सशस्त्र प्रहरीले गोली चलाउँदा एक भारतीयको मृत्यु भयो भने तीन सशस्त्र प्रहरी र दुई भारतीय घाइते भए ।

यसअघि सोही वर्षको १८ जेठमा पनि जिल्लाको विष्णु गाउँपालिका–२ पकडीस्थित फेनहरा नाकामा खटिएका सशस्त्र प्रहरीमाथि ठूलो संख्यामा आएका भारतीय व्यापारीहरूले आक्रमणको प्रयास गरेका थिए । त्यतिखेर पनि उनीहरूले सशस्त्रको हतियार खोस्ने प्रयास गरेका थिए । तर, सशस्त्रले हवाइफायर गरेर भिड तितरबितर बनाएको थियो ।

४ साउन २०७७ मा पनि नेपाल–भारत सीमा क्षेत्रको अर्को नाका झापाको गौरीगन्ज गाउँपालिका–५ मा भारतीय तस्कर समूह सशस्त्र प्रहरी टोलीमाथि खनियो । त्यस दिन नेपाल–भारत सीमा क्षेत्रको १५२ नम्बर पिल्लर पूर्व मल्हाटोलीनजिकै भारतीय तस्कर समूह सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीमाथि खनिएको थियो । झडपका क्रममा सशस्त्रका दुई जना जवान घाइते भएका थिए । हवाई फायरपछि तस्कर समूह फरार भएको त्यसबेला सशस्त्र प्रहरीले जनाएको थियो ।

यस्तै, कोरोनाका कारण सीमानाका बन्द रहेको अवस्थामा एक वर्षअघि दुई भारतीय महिलालाई रौतहट प्रवेशमा रोक लगाउँदा भारतीयद्वारा सीमामा खटिएका सशस्त्र प्रहरीमाथि आक्रमण भएको थियो । त्यसक्रममा एक सशस्त्र प्रहरी हबल्दार घाइते भएका थिए । त्यसपछि स्थितिलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरीले एक राउन्ड हवाई फायर गर्नुको साथै एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको थियो ।

त्यस्तै, सीमावर्ती भारत बहराइच जिल्लाको भादापुरुवाबाट आएका तीन÷चार जना भारतीयले एक वर्षअघि सशस्त्र प्रहरीमाथि आक्रमण गरेका थिए । जबर्जस्ती बर्दिया पस्न खोजेपछि उनीहरूलाई रोक्न खोज्दा सशस्त्रमाथि आक्रमण गरिएको थियो । हतियारबिना तैनाथ सशस्त्र प्रहरीले खर्बुजा लिन नेपाल छिरेका भारतीयलाई नसोधेर किन नेपाल पसेको भन्दै सोधपुछ गर्दा विवाद भएको थियो । गुलरिया नगरपालिका—८ को ५७ नम्बर पिलरनजिक भारतीय नागरिकले त्यहाँ तैनाथ दुई जना सशस्त्र प्रहरीलाई दुव्र्यवहार गर्न थालेपछि स्थिति तनाव भएको थियो । सीमानजिक रहेको भारतीय गाउँ भादापुरुवाबाट पनि करिब २० जनाले लाठी लिएर नेपाली सीमाभित्र प्रवेश गरेर सशस्त्र प्रहरीमाथि आक्रमण गरेका थिए । त्यसबेला खेतमा काम गरिरहेका स्थानीयले प्रतिवाद गरी भारतीयलाई त्यहाँबाट लखेटेर भारत पठाएका थिए ।

नेपाल–भारत सीमा क्षेत्रमा बेलाबखत गस्तीमा खटिएका सुरक्षाकर्मीमाथि तस्कर समूहबाट आक्रमण हुँदै आएको छ । सीमाबाट हुने तस्करी रोक्ने जिम्मेवारी पाएको सशस्त्र प्रहरीलाई करिब १ हजार ८ सय ८० किलोमिटर क्षेत्रमा फैलिएको नेपाल–भारत सीमामा काम गर्नु चुनौतीपूर्ण छ ।

नेपालमा सीमा सुरक्षाको जिम्मेवारी सशस्त्र प्रहरीले पाएको छ । सीमा सुरक्षा र सीमामा हुने अवैध गतिविधि नियन्त्रण गर्नु सशस्त्रको दायित्व हो । आफ्नो जिम्मेवारी निर्वाह गर्ने सिलसिलामा कानुन पालना गर्नु सशस्त्रको दायित्व हो । त्यसैले सीमा क्षेत्रका तस्करहरूका लागि सशस्त्र प्रहरी टाउको दुखाइको विषय बनेको छ । वर्षौँदेखि सामान तस्करी गर्दै आएका भारतीय तस्करलाई सीमामा सशस्त्र प्रहरीको उपस्थिति चित्त बुझेको छैन ।

Advertisement

तस्करी गर्न नपाएकै कारण उनीहरूले बारम्बार सशस्त्र प्रहरीलाई तारो बनाएको सशस्त्र प्रहरी अधिकारीको भनाइ छ ।, याे समाचार आजको राजधानी दैनिकमा रोशन श्रेष्ठले लेखेका छन ।

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top