झापामा दसैँ अगाडि नै जुवा, १७ जुवाडे पक्राउ

५ असोज ७८, बुधबार

६ असोज, झापा ।

Advertisement

दसैँको सोह्र श्राद्ध लागेसंगै झापामा जुवाको बिगबिगी सुरु भएको छ । झापाको दमक १ बाट मंगलबार राती ४ लाख भन्दा बढी नगद र १६ थान कौडासहित १७ जना जुवाडे पक्राउ परेका छन् ।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकका डिएसपी नवराज कार्की नेतृत्वको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । राति ११.३० बजे दमक १ स्थित हिमाल देवानको घर कम्पाउण्डको पछाडीपट्टी जस्ताको छाना भएको एकतले भान्सा कोठामा पैसाको बाजी थापी कौडा खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो ।

Advertisement

कौडा खेलिरहेको ठाउँबाट १६ थान कौडा र चार लाख सत्ताईस हजार छ सय नगद बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता राकेश थापाले बताएका छन् ।

पक्राउ पर्नेहरुमा भद्रपुर न.पा. वडा नं ७ बस्ने ५१ वर्षिय युवराज न्यौपाने, सोही नगरपालिका वडा नं ९ बस्ने बर्ष ४९ का दिलबहादुर राई, बिर्तामोड १ बस्ने बर्ष ४२ का तिर्थ अधिकारी, भद्रपुर वडा नं १० बस्ने बर्ष ५० का ठाकुरप्रसाद निरौला, गौरादह वडा नं ५ बस्ने बर्ष ४५ का हरि कोइराला, कमल वडा नं ४ बस्ने बर्ष ४७ का सुबिन्द्र सुब्बा, कन्काई वडा न. ३ बस्ने बर्ष ३२ का मोहन बराल,सोही ठाउँ बस्ने बर्ष ३२ का सुनिल साह,मोरङ ग्रामथान वडा नं ४ बस्ने बर्ष ५७ का लक्ष्मीप्रसाद अधिकारी, सोही गाउँपालिका ५ बस्ने बर्ष ४२ का नैनकुमार चौधरी, वडा नं ६ बस्ने बर्ष ४४ का रुपेश तामाङ, पथरी शनिश्चरे वडा नं ४ बस्ने बर्ष ४० का बलराम बस्नेत,वडा नं १ बस्ने बर्ष ४३ का गंगाराम मगर, बेलबारी वडा नं ११ बस्ने बर्ष २१ का निशान पोखरेल, दमक नगरपालिका वडा नं.७ वस्ने वर्ष ४९ का कर्ण राई, सोही ठाउँका बर्ष ४० का राजन दाहाल र दमक ३ बस्ने बर्ष ३४ का विनोद थेबे रहेका छन् ।

Advertisement

नियन्त्रणमा लिएकामध्ये भद्रपुर १० बस्ने बर्ष ५० का ठाकुरप्रसाद निरौला भाग्नेक्रममा हामफाल्दा दुबै खुट्टाको पाईतालामा चोट लागेर लाईफलाईन अस्पताल दमकमा उपचार भइरहेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी थापाले बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top