राष्ट्रिय सहमतिपछि मात्र एमसीसी : परराष्ट्रमन्त्री खड्का

६ असाेज, काठमाडौं ।

Advertisement

नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खडकाले राष्ट्रिय सहमतिपछि मात्र एमसीसी पारित हुने बताएका छन् । बुधबार परराष्ट्र मन्त्रालयमा पदभार सम्हाल्दै मन्त्री खडकाले एमसीसी राष्ट्रिय एजेण्डा बनिसकेकाले सबै दलहरुसँगको छलफलपछि मात्र सम्भव हुने बताए ।

उनले भने, ‘एमसीसीका बारेमा फैलिएका गलत कुराहरुलाई चिरफार गर्दै त्यसबारे राष्ट्रिय सहमति जुटाउने कोसिस गर्छौ । ’ परराष्ट्रमन्त्री खड्काले छिमेकी मुलक भारत र चीनलगायत अन्य सबै मित्रराष्ट्र मुलुकहरुसँग सन्तुलित व्यवहार गर्ने समेत बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top