मेसीलाई उछिन्दै रोनाल्डो बने धेरै आम्दानी गर्ने फुटबलर

५ असोज ७८, बुधबार

६ असोज, एजेन्सी ।

पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डो सबैभन्दा धेरै आम्दानी गर्ने फुटबलर बनेका छन् । चिरप्रतिद्वन्द्वी अर्जेन्टाइन स्टार लियोनेल मेसीलाई उछिन्दै रोनाल्डो पहिलो स्थानमा उक्लिएका हुन् ।

अमेरिकी पत्रिका फोर्ब्स सबैभन्दा धेरै आम्दानी गर्ने फुटबल खेलाडीको सूचीमा पहिलाे नम्बरमा रोनाल्डोलाई राखेकाे छ । उनी ठूलो रकममा म्यानचेस्टर युनाइटेडमा आएकाले पनि पहिलो स्थान सुरक्षित गर्न सजिलो भयो । २०२१–२२ को सिजनमा रोनाल्डोले करबाहेक १२ करोड ५० लाख डलर रकम आम्दानी गर्ने भएका छन् । यसमध्ये ७ करोड उनको तलब र बोनसबाट आउँछ ।

पाँच करोड ५० लाख व्यावसायिक सम्झौताहरुबाट हुन्छ । स्पोन्सरसिपको मामिलामा रोनाल्डो सबैभन्दा धेरै रकम बुझ्ने खेलाडी भएकाे बताइन्छ ।

समग्र खेल क्षेत्रमा केवल तीन खेलाडीले मात्र व्यावसायिक रुपमा रोनाल्डोको भन्दा आम्दानी गर्छन् । जसमा रोजर फेडेररले ९ करोड डलर बनाउँछन् भने लेब्रोन जेम्सले ६ करोड ५० लाख डलर कमाउँछन् । त्यस्तै टाइगर वूड्सले ६ करोड डलर आम्दानी गर्छन् ।

धेरै आम्दानी गर्ने फुटबलरको सूचीको दोस्रो स्थानमा मेस्सी छन् । उनको कर बाहेकको वार्षिक आम्दानी ११ करोड डलर छ । यो सूचीको तेस्रो स्थानमा नेइमार र चौथोमा केलियन एम्बाप्पे छन् । सबभन्दा धेरै कमाउने चार फुटबल खेलाडीमध्ये तीन खेलाडी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा आबद्ध छन् ।

यो सिजनमा विश्वका सबैभन्दा धेरै आम्दानी गर्ने १० फुटबलरले करअघि ५८ करोड ५० लाख डलर आम्दानी गर्ने देखिएको छ । यो रकम अघिल्लो सिजनमा ५७ करोड डलर थियो ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top