बुटवलका मेयरलाई मुक्का हान्ने पंगेनीविरुद्ध सार्वजनिक अपराधको मुद्दा

६ असाेज, रुपन्देही ।

बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीमाथि आक्रमण गर्ने बुटवल ३ का युवा गणेश पंगेनीविरुद्ध रुपन्देही प्रहरीले सार्वजनिक अपराधको मुद्दा चलाएको छ । पंगेनीलाई आज सार्वजनिक अपराधको मुद्दा दर्ता गरी थप अनुसन्धानका लागि म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

सोमबार बिहान बुटवल–३ ज्योतिनगरको पहिरो अवलोकन गर्ने क्रममा उपमहानगर प्रमुख सुवेदीलाई पंगेनीले एक्कासी मुक्का हान्न खाेजेका थिए । मेयर सुवेदीलाई भने नगर प्रहरीले जाेगाएपछि उनी भुँइमा लडेका थिए ।

मेयर सुवेदीले उनलाई कुनै कारबाही अगाडि नबढाउन सार्वजनिक अपील गरेका थिए । मेयर सुवेदीले आफूमाथि आक्रमण गर्ने युवालाई कुनै पनि मुद्दा नचलाउन र हिरासतमा नराख्नका लागि प्रहरीलाई आग्रह गरेपनि प्रहरीले स्थलगत मुचुल्का र प्रतिवेदनका आधारमा मुद्दा चलाएको बुटवल इलाका प्रहरी कार्यालयका डीएसपी मनोज कुँवरले बताए ।

उनलाई थप अनुसन्धानका लागि मंगलबार ५ दिनको म्याद थप गरिएको कुँवरले जानकारी दिए । उपमहानगर प्रमुख सुबेदीले बाढी तथा पहिरो पीडितहरुको आक्रोशलाई स्वभाविक भएको बताउँदै आफ्नो कसैप्रति आग्रह–पूर्वाग्रह नरहेको उल्लेख गरेका थिए ।

भर्खरको समाचार

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top