×

NEPAL TIMES UPDATES

Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026
Playing
Thailand bridge योजना के हो? खाडीले बदलियो रणनीति || Nepal Times
Apr 22, 2026
Playing
Top 15 Afternoon News || April-22-2026 || Nepal Times
Apr 22, 2026
Playing
काठमाडौं आएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?|| Nepal Times
Apr 22, 2026
Playing
बाब अल–मन्डेब इरानको नयाँ हतियार, ट्रम्पनीतिको विरुद्धमा नयाँ ‘कार्ड’|| Nepal Times
Apr 22, 2026
Playing
हर्क साम्पाङले देखाइरहेको राजनीतिक परिपक्कता || Nepal Times
Apr 22, 2026
Playing
दीपक साहलाई “राइट टु रिकल”, सुदन गुरुङलाई.............. ?|| Nepal Times
Apr 22, 2026
Playing
इरान, टर्कीए र यूएईका १४ संस्था र व्यक्तिमाथि अमेरिकी प्रतिबन्ध|| Nepal Times
Apr 22, 2026

वल्र्ड हाप्किडो च्याम्पियनसिपमा सहभागी हुने खेलाडीको बिदाई

७ आश्विन २०७८

७ असाेज, पोखरा ।

रसियामा हुने वल्र्ड हाप्किदो च्याम्पियनसिपमा सहभागी हुने खेलाडीहरुलाई पोखराबाट बिदाइ गरिएको छ । च्याम्पियनसिपमा सहभागी हुनका लागी पोखरामा एक महिने बन्द प्रशिक्षणमा रहेका हाप्किदोको खेलाडीहरुलाई बुधबार पोखरा रंगशालामा आयोजित कार्यक्रम मार्फत गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विदाइ गरेका हुन् ।

Advertisement
Advertisement

हाप्किदोका खेलाडीहरुलाई विदाई गर्दै मुख्यमन्त्री पोखरेलले खेलाडीहरुलाई राज्यले प्रयाप्त सेवा सुविधा उपलब्ध गराउन नसकेपनि प्रशिक्षक र खेलाडीहरुको आफ्नै प्रयास र मेहनतले अन्तराष्ट्रिय प्रतियोगितामा भाग लिएर नेपाल र नेपालीको सान विश्वसामु पु¥याउन सफल भएको बताए ।

राज्यले सुविधा दिन नसक्दापनि खेलाडीहरुको अथक मेहनत र प्रयासबाट प्राप्त उपलब्धिबाट गौरव गर्ने अवसर पाएको वताउदै मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेश सरकारले पूर्वाधार निर्माण र खेलाडी प्रोत्साहनका लागी आगामी दिनमा अगाडी बढ्ने बताए । विदाई भएका खेलाडीहरुलाई उत्कृष्ट खेल प्रर्दशन गरेर गण्डकी प्रदेश र नेपालको पहिचान गराएर आउन शुभकामना शुभकामना समेत दिए ।

कार्यक्रममा राष्टिय खेलकुद परिषदका सदस्य राजेशकुमार गुरुङले खेलकुद पदाधिकारी र संघहरुले खेलाडीको पक्षमा काम गर्न नसकेको बताए । संघ सस्ंथाहरुमा ब्याक्तिवाद हावी हुने र झोलामा संस्था बोकेर हिड्दा खेलाडीहरुको पक्षमा काम नभएको बताउदै त्यस्ता झोले संगठन र तिनका पदाधिकारीले पछिल्लो समय स्थापना भएको हाप्किडो संघका पदाधिकारीबाट काम सिक्न समेत आग्रह गरे । पार्टीबाटै नियुक्ति भएतापनि खेलकुद र खेलाडीको हितमा संघ संस्थाका पदाधिकारीहरुले काम गर्नुपर्ने उनको भनाइ रहेको थियो ।

त्यस्तै हाप्किदो खेलमा खेलाडी संगै अभिभावकहरुको समेत उत्तिकै सहभागीता रहेको बताउदै खेलाडीलाई अगाडि वढाउन अभिभावकहरुको समेत उत्तिकै भुमिका रहने बताए ।

त्यस्तै गण्डकी प्रदेश खेलकुद परिषदका सदस्यसचिव तेजबहादुर गुरुङले हाप्किडो खेललाई राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी गराउनका लागी आफ्नो ठाउबाट पहल गर्ने वताउदै हाप्किडो खेलले रसियामा हुने वल्र्ड च्याम्पियनमा राम्रो नतिजा ल्याउनेतर्फ आफु ढुक्क रहेको बताउदै खेलाडीहरुलाई हौसला प्रदान गरे ।

नेपाल मार्शल आर्टस संघ हाप्किडो संघ गण्डकी प्रदेशका उपाध्यक्ष खेम बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल मार्शल आर्टस संघ हाप्किडो संघ केन्द्रीय अध्यक्ष कालिबहादु घर्तीमगर,खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एकराज गिरी, नेपाल मार्शल आर्टस संघ हाप्किडो संघ गण्डकी अध्यक्ष एमबी आस्था मगर लगायतले बाेलेका थिए ।

संघका सहसचिव सुशान्त गाहा मगरले सञ्चालन गरेको कार्यक्रममा संघका उपाध्यक्ष तारा थापा मगरले स्वागत मन्तब्य राखेकी थिइन् ।

आगामी कार्तिक ५ देखि ७ गते सम्म रसियाको सेन्ट पिटर्सवर्गमा आयोजना हुने वल्र्ड हाप्किडो च्याम्पियनशिपमा सहभागी हुने खेलाडी र प्रशिक्षक सहित २० जना सहभागी हुनेछन् ।

Advertisement

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top