ललितानिवास जग्गा प्रकरण: प्रधानमन्त्रीको निर्देशन मानेको हुँ-गच्छदार

६ असोज ७८, बिहीबार

काठमाडौं : बालुवाटारस्थित ललितानिवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिका नाममा बनाएर हिनामिना गरेको आरोप लागेका नेपाली कांग्रेस उपसभापति विजयकुमार गच्छादारले उक्त प्रकरणमा आफू निर्दाेष रहेको बताएका छन्। बुधबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले विभागीय मन्त्रीका हिसाबले आफूले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको निर्देशन पालना गरेको बताए।

तत्कालीन प्रधानमन्त्री नेपालको निर्देशनअनुसार विभिन्न तहबाट आएको प्रस्ताव मन्त्रिपरिषद्सम्म लैजाने काममात्र आफूले गरेको गच्छदारले बताए। उनले प्रधानमन्त्री एवं विशिष्ट व्यक्तिहरूको निवास विस्तार गर्ने सरकारको गुरुयोजना आफूले भौतिक योजना मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभन्दा धेरै पहिलेदेखि नै सुरु भएकोसमेत दाबी गरे। उक्त गुरुयोजना आफ्नो निर्देशन र निर्णयले नबनेको उनको भनाइ छ।

ललितानिवास जग्गासम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्बाट सर्वसम्मत पास भई कार्यान्वयन अघि बढेको भए पनि सामूहिक निर्णयमा आफूमाथि मात्र व्यक्तिगत तबरमा पूर्वाग्रह राखेर फसाउन खोजिएको उनको आरोप छ। आफूले व्यक्तिगत रुपमा लाभ नलिएको र नेपाल सरकारलाई पनि हानि नपुर्‍याएकाले गुरुयोजना कार्यान्वयनका लागि प्रस्ताव मन्त्रिपरिषद्मा पेस गर्नु भ्रष्टाचारजन्य काम नभएको उनको दाबी छ।

गच्छदारले विशेष अदालतमा आफूविरुद्ध चलाइएको मुद्दा निष्पक्ष नभएको पनि दाबी गरेका छन्। उनले ललितानिवास जग्गा प्रकरणका नाममा आफ्नो ५० वर्ष लामो राजनीतिक इतिहास समाप्त पार्ने षड्यन्त्र भइरहेको आरोप लगाए। उनले मुद्दा निष्पक्ष रुपमा नचलाई छानीछानी मुद्दा चलाउने काम भएको आरोप लगाए। उन्मुक्ति दिनुनपर्नेलाई उन्मुक्ति दिई कसैलाई काखा र कसैलाई पाखा गरिएको उनको आरोप छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २२ गते गच्छदारविरुद्ध भ्रष्टाचारको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो। मुद्दा छल्न लामो समयसम्म फरार रहेका उनी कांग्रेस नेतृत्वमा सरकार बनेलगत्तै गत असार ३० मा विशेष अदालतमा हाजिर भएका थिए। असार ३० गते नै उनी १० लाख धरौटी बुझाएर अदालतबाट रिहा भएका थिए। अख्तियारले उनीमाथि ललितानिवास जग्गा प्रकरणमा ९ करोड ६५ लाख भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको थियो।,याे समाचार नागरिक दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top