×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

७२औँ दिनमा सरकारले पायो परराष्ट्रमन्त्री, मन्त्रिपरिषद् पूर्णतामा जुटेन सहमति

७ आश्विन २०७८

७ असोज, काठमाडौं ।

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको ७३ दिन पुग्दासमेत मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।

Advertisement
Advertisement

राष्ट्रसंघ महासभामा प्रतिनिधित्व अनिवार्य भएपछि देउवाले आफू नेतृत्वमा आएको ७२औँ दिन अर्थात् बुधबार नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाए पनि १६ मन्त्रालयको भार एक्लैले थामिरहेका छन् ।

गृहमा बालकृष्ण खाँण, अर्थमा जनार्दन शर्मा र ऊर्जा पम्फा भुसालले २९ असारमै नेतृत्व सम्हालेका थिए भने उमेश श्रेष्ठ १० साउनमा स्वास्थ्य राज्यमन्त्री बनेका थिए ।

सत्ता गठबन्धनमा मन्त्रीको भागवण्डा र मन्त्रिपरिषद् विस्तारकै कारण घटक दल विभाजन हुनसक्ने भयका बीच मन्त्रिपरिषद् विस्तारमा अस्वभाविक ढिलाइ भइरहेको हो ।

मन्त्रिपरिषद् विस्तारका लागि बुधबार गठबन्धनका नेताहरू छलफलमा थिए । तर, बैठक अनिर्णीत बनेपछि आज बिहीबार फेरि बस्दैछ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारका अनुसार बैठक बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।

नेकपा एकीकृत समाजवादी सर्वाेच्च अदालतमा विचाराधीन दल विभाजनसम्बन्धी मुद्दाको टुंगो लागेपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्नुपर्ने पक्षमा छ, भने जनता समाजवादी पार्टी राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज नभएसम्म मन्त्रीको नाम नदिने अडानमा छ ।

अध्यादेश खारेज नहुँदै सरकारमा सहभागी भएमा असन्तष्ट पक्षले केन्द्रीय कमिटी वा संसदीय दलमा २० प्रतिशत पु¥याएर पार्टी विभाजन गर्न सक्ने भय अध्यक्ष उपेन्द्र यादवलाई छ ।

बुधबारको बैठकमा सत्ता गठबन्धन कांग्रेस, नेकपा माओवादी, नेकपा एस, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका नेताहरूबीच छलफल भएको थियो ।

सरकारले यसअघि राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउँदा एमाले र जनता समाजवादी विभाजन भएर क्रमशः नेकपा एस र लोकतान्त्रिक समाजवादी पार्टी भएका थिए । तर, उक्त अध्यादेश निस्क्रिय भइनसकेकाले सत्ता गठबन्धनकै दल त्रासदिमा छ ।

सत्ता पक्षले राजनीतिक दलसम्बन्धी अध्यादेश प्रतिस्थापन विधेयक अगाडि बढाउने तयारी गरिरहेको छ । विधेयक संसदमा पेस हुनासाथ मन्त्रिपरिषद् विस्तार हुने नेताहरूले बताएका छन् ।

Advertisement

२५ सदस्यीय मन्त्रिपरिषद्मा कांग्रेसले प्रधानमन्त्रीसहित सात मन्त्री, माओवादी केन्द्रले ६ मन्त्री र एक राज्यमन्त्री गरी सात, नेकपा एसले पाँच मन्त्री र एक राज्यमन्त्री गरी ६ जना, जसपाले चार मन्त्री र एक राज्यमन्त्री गरी पाँचको भाग पाएको छ ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top