आज सांकेतिक भाषा दिवसः विश्वमा कति छन् ‘बहिरा’ मानिस ?

६ असोज ७८, बिहीबार

७ असोज, काठमाडौं ।

Advertisement

आज २३ सेप्टेम्बर अर्थात् अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस । संसारभर सांकेतिक भाषाको महत्त्व बुझाउन तथा सबैमा यसबारे जागरुक गराउन संयुक्त राष्ट्रसंघको महासभाबाट यसले मान्यता पाएको थियो ।

बहिराको अन्तर्राष्ट्रिय सप्ताहकोे भागको रूपमा सन् २०१८ मा पहिलो पटक अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस मनाइएको थियो । पछि १९ डिसेम्बर २०१९ मा विश्व बहिरा महासंघले यस दिवसका लागि पहिलो पटक संयुक्त राष्ट्रसंघमा प्रस्ताव पेस गरेको थियो ।

Advertisement

२३ सेप्टेम्बरकै दिन यस दिवस मनाउनुको कुनै विशेष कारण नभए पनि २३ सेप्टेम्बर १९५१ का दिन विश्व बहिरा महासंघको स्थापना भएकाले यसै दिनलाई आधार मानेर अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस मनाउन सुरु गरिएको हो ।

महासंघ स्थापनाको सात वर्षपछि अर्थात् सन् १९५८ सेप्टेम्बरमा पहिलो पटक अन्तर्राष्ट्रिय बहिरा सप्ताहको रूपमा मनाइएको थियो । त्यास बेलादेखि बहिरा सप्ताह संसारभर वैश्विक आन्दोलनको स्वरूपमा विकसित भएको थियो ।

Advertisement

अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवसको महत्त्व
सांकेतिक भाषाहरू संरचनात्मक रूपमा बोल्ने भाषाभन्दा फरक छन् । तर पनि सांकेतिक भाषा आफैँमा पूर्ण प्राकृतिक भाषा पनि हो । अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धिले पनि सांकेतिक भाषाहरूको प्रयोगलाई स्वीकार गर्नुका साथै प्रोत्साहनसमेत गरेको छ ।

संयुक्त राष्ट्रसंघले दिएको मान्यता र विभिन्न महासन्धिले यसको अस्तित्वलाई स्वीकार गर्नुले नै बोलिने भाषाहरू र सांकेतिक भाषा दुवै बराबर रहेको प्रमाणित गरिसकेको छ ।

विश्वमा बहिरा र सांकेतिक भाषाको अवस्था
विश्व बहिरा महासंघका अनुसार संसारभर करिब सात करोड २० लाखभन्दा बढी बहिरा मानिसहरू रहेका छन् । यीमध्ये ८० प्रतिशतभन्दा बढी बहिराहरू विकासशील राष्ट्रमा रहेका तथ्यांक छ ।

महासंघकै तथ्यांक हेर्ने हो भने ३०० भन्दा बढी विभिन्न सांकेतिक भाषाहरू संसारभर प्रयोगमा रहेका छन् । विकसित राष्ट्रहरूमा बहिराहरूका लागि उपयुक्त विद्यालयका साथसाथै बहिरामैत्री वातावरण तयार गर्न सरकार सधैँ तत्पर रहेको देखिन्छ । तर, नेपाल जस्ता विकासशील राष्ट्रहरूमा भने अझै पनि बहिरामैत्री वातावरणको निर्माण हुन सकेको छैन ।

२० देखि २६ सेप्टेम्बरसम्म बहिराको अन्तर्राष्ट्रिय सप्ताह मनाइँदै छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top