दुहबी बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

दुहबी बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

७ असाेज, सुनसरी ।

सुनसरी दुहबी नगरपालिका-२ स्थित कोशी लोकमार्गमा बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङकाे बुढीगंगा- ७ का ५० वर्षीय आशराम माझी रहेका छन् ।

आज बिहान करिब ८ बजे बिराटनगर आउँदै गरेको मे १ ख २७४८ नम्बरको बसले बाटो क्रश गर्न लागेको को ३४ प ९०६७ नम्बर को मोटरसाईकललाई ठक्कर दिँदा गम्भिर घाईते भएका मोटरसाईकल चालक माझीको न्युरो अस्पताल विराटनगर पुर्‍याउन साथ मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

बस र बस चालक सिन्धुपाल्चोक ईन्द्रावती ४ का ३० बर्षीय अशोक थापा मगर ईलाका प्रहरी कार्यालय ईटहरीको नियन्त्रणमा रहेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.