×

NEPAL TIMES UPDATES

Playing
काठमाडौं आएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?|| Nepal Times
Apr 22, 2026
Playing
बाब अल–मन्डेब इरानको नयाँ हतियार, ट्रम्पनीतिको विरुद्धमा नयाँ ‘कार्ड’|| Nepal Times
Apr 22, 2026
Playing
हर्क साम्पाङले देखाइरहेको राजनीतिक परिपक्कता || Nepal Times
Apr 22, 2026
Playing
दीपक साहलाई “राइट टु रिकल”, सुदन गुरुङलाई.............. ?|| Nepal Times
Apr 22, 2026
Playing
इरान, टर्कीए र यूएईका १४ संस्था र व्यक्तिमाथि अमेरिकी प्रतिबन्ध|| Nepal Times
Apr 22, 2026
Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026

आइपिएल: मुम्बईमाथि कोलकाता सानदार जित

८ आश्विन २०७८

८ असाेज, एजेन्सी ।

कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को ३४ औं खेलमा मुम्बई इन्डियन्समाथि ७ विकेटको सानदार जित हात पारेको छ । यो जितसँगै कोलकाता चौथो स्थानमा उक्लिएको छ ।

Advertisement
Advertisement

आबूधाबीमा जितको लागि १ सय ५६ रनको विजयी लक्ष्य पछ्याएको कोलकाताले १५.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । कोलकाता जितमा राहुल त्रिपाठीले उत्कृष्ट ब्याटिङ गर्दै ४२ बलमा ८ चौका र ३ छक्का सहित ७४ रनमा अविजित रहे । आक्रामक सुरुवात दिलाएका युवा ब्याटर ऐरले ३० बलमा ४ चौका र ३ छक्का सहित ५३ रन बनाउँदै आउट भए ।

यो उनको आइपिएल करिअरको दोस्रो खेलमै पहिलो अर्धशतक हो । कोलकातालाई सुभमन गिल र ऐरले पहिलो विकेटका लागि ३ ओभरमा ४० रनको आक्रामक सुरुवात दिलाएका थिए । गिल ९ बलमा १ चौका र १ छक्का सहित १३ रनमा आउट भए । दोस्रो विकेटका लागि ऐर र त्रिपाठीले ५२ बलमा ८८ रनको उत्कृष्ट साझेदारी गर्दै सहज जित नजिक पुर्याएका थिए ।

कप्तान ओईन मोर्गन ७ रनमा आउट भए । मुम्बईका जस्प्रित बुमराहले ३ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५५ रन बनाएको थियो । मुम्बईका ओपनर क्विन्टन डि ककले ४२ बलमा ४ चौका र ३ छक्का सहित सर्वाधिक ५५ रनको योगदान दिएका थिए ।

मुम्बईलाई ओपनर रोहित शर्मा र डि ककले पहिलो विकेटका लागि ९.२ ओभरमा ७८ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । स्पिनर सुनिल नारायणले रोहितलाई सुभमन गिलबाट ३३ रनमा क्याच आउट गर्दै उक्त साझेदारी तोडेका थिए ।

रोहितले ३० बलमा ४ चौका प्रहार गरे । प्रसिद्ध कृष्णको १३ औं ओभरको पहिलो बलमा नारायणबाट डि कक समातिन पुगेका थिए । १५ औं ओभरको पाँचौं बलमा सूर्यकुमार यादवलाई कृष्णले ५ रनमा क्याच आउट गराए । ईशान किशन १३ बलमा १ छक्का सहित १५ रनमा आउट भए । अलराउन्डर काइरन पोलार्ड १५ बलमा २ चौका र १ छक्का सहित २१ रनमा रन आउट भए । क्रुनाल पान्ड्याले ९ बलमा १ छक्का सहित १२ रन बनाए ।

कोलकाता प्रसिद्ध कृष्णले ४ ओभरमा ४३ रन खर्चेर २ विकेट लिए । लोकी फर्गुसनले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । सुनिल नारायणको नाममा एक विकेट रह्यो ।

Advertisement

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top