६ वर्षपछि बढेको रासनभत्ता पनि पाएनन् सुरक्षाकर्मीले

७ असोज ७८, शुक्रबार

काठमाडौं : ६ वर्षपछि सुरक्षा निकायको रासनभत्ता १५ प्रतिशतले वृद्धि भए पनि उनीहरुले बढेको रासनभत्ता पाएका छैनन् ।

Advertisement

बजेटमार्फत रासनभत्ता बढाइए पनि आर्थिक वर्ष सुरु भएको दुई महिना बित्दा पनि मन्त्रिपरिषद्बाट त्यससम्बन्धी निर्णय नहुँदा करिब एक लाख सुरक्षाकर्मी प्रभावित १५ जेठमा ल्याइएको बजेटमा १५ प्रतिशत रासनभत्ता वृद्धि गर्ने निर्णय गरेको थियो ।

त्यससँगैं आएको कर्मचारीको तलब वृद्धिसम्बन्धी विषयमा सरकारले मन्त्रिपरिषद्बाट निर्णय गरी राजपत्रमा प्रकाशित गरिसकेको छ ।

Advertisement

तर, सुरक्षाकर्मीको रासन वृद्धिबारे निर्णय नगर्दा बढेको रासनभत्ता वितरण हुन नसकेको हो । बजेटको प्रावधान कार्यान्वयन नहुँदा नेपाल प्रहरीका करिब ७० हजार, सशस्त्र प्रहरीका ३० हजार र राष्ट्रिय अनुसन्धान विभागका करिब तीन हजार कर्मचारी प्रभावित भएका छन् ।,याे समाचार नयाँ पत्रिका दैनिकमा छापिएकाे छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top