नेपाली सेनाद्वारा बम निष्कृय

नेपाली सेनाद्वारा बम निष्कृय

धनगढी, साउन २

कैलालीको लम्कीचुहा नगरपालिका वडा नं १ स्थित देउती गुड्का इण्डस्ट्रिज नजिकको सडक छेउमा आज फेला परेको प्रेसर कुकर बम नेपाली सेनाको टोलीले निष्कृय पारेको छ ।

सडक छेउको घाँस उम्रेको ठाउँमा राखिएको उक्त बममा विष्फोट गरिने समयसमेत सेट गरिएको पाइएको इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले बताए ।

यज्ञबहादुर ओलीले सञ्चालन गरेको उक्त इण्डस्ट्रिजका कामदारले बिहान सडक छेउमा बम देखेपछि प्रहरीलाई खबर गरेका थिए । अज्ञात समूहले उक्त बम गएराति राखेर गएको हुनसक्ने बताइएको छ ।

टीकापुर जाने सडकको भित्रपट्टिको उक्त सडकमा बम फेला परेपछि स्थानीय बासिन्दा त्रसित भएका थिए ।
रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.