नेपाल एक चीन नीतिको पक्षमा सदैव दृढतापूर्वक उभिएको छ -राष्ट्रपति

८ असोज, काठमाडौँ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा मित्रराष्ट्र चीनले शासकीय प्रबन्ध र अर्थतन्त्रमा हासिल गरेको अभूतपूर्व सफलता आजको विश्वमा आम चासो, चिन्तन र जिज्ञासाको विषय बन्न पुगेको बताएकी छन्।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित ‘सी चिनफिङ ः चीनको शासन व्यवस्था, खण्ड २’ नेपाली संस्करण पुस्तकको लोकार्पण एवं खण्ड ३ को परिचयात्मक समारोहलाई सम्बोधन गर्दै उनले विज्ञान तथा प्रविधिको अनुसन्धान, विकास र आविस्कारका क्षेत्रमा चीनले अभूतपूर्व उपलब्धि हासिल गरेको बताएकी हुन् ।

गत सेप्टेम्बर १७ मा चिनियाँ अन्तरिक्ष वैज्ञानिक सम्मिलित सेन्झाउ–१२ अन्तरिक्ष यानले सफलतापूर्वक आफ्नो लक्ष्य पूरा गरेको प्रसङ्ग स्मरण गर्दै यसका लागि चिनियाँ जनता र आफ्ना चिनियाँ समकक्षीलाई राष्ट्रपतिले बधाई दिइन् ।

सी चिनफिङले आधुनिक चीनमा क्रान्ति, निर्माण र सुधारका साथै चिनियाँ राष्ट्रको पुनर्जागरणका लागि महत्वपूर्ण योगदान गर्ने माओ जेदोङ तङ स्याओफिङ, जियाङ जेमिनलगायतका अग्रणी नेतृत्वको योगदानलाई निरन्तरता दिँदै ‘नयाँ युगमा चिनियाँ विशेषतासहितको समाजवाद’ निर्माणको अभियानलाई कुशलतापूर्वक नेतृत्व गरिरहेको राष्ट्रपतिले उल्लेख गरिन्।

चिनियाँ राष्ट्रपतिले अवलम्बन गरेको वातावरणमैत्री दिगो विकासका माध्यमबाट जलवायु परिवर्तनले उत्पन्न गरेका चुनौती सामना गर्न चीन सक्षम हुनेछ भन्ने आफूले विश्वास लिएको राष्ट्रपति भण्डारीको भनाइ थियो ।

राष्ट्रपति भण्डारीले भनिन्, ‘चीनले अङ्गीकार गरेको मानवकेन्द्रित हरित विकास नीतिका माध्यमबाट मानव अधिकारका मूलभूत मान्यताको संरक्षणमा समेत टेवा पुगेको मैले महसुस गरेको छु । यस परिप्रेक्ष्यमा ‘मानवजातिका लागि साझा भविष्यसहितको विश्वसमुदाय निर्माण’ गर्ने महामहिम सीको परिकल्पना सराहनीय छ ।’

अतिकम विकसित र विकासोन्मुख मुलुकलाई भौतिक पूर्वाधार निर्माणमा सहयोग गरी विकासका अवसर प्रदान गर्ने राष्ट्रपति सी को परिकल्पनाको समेत उनले प्रशंसा गरिन् ।

आफ्ना चिनियाँ समकक्षीको नेतृत्वमा करोडौँ चिनियाँ जनतालाई गरिबीको रेखाबाट माथि उठाउँदै सन् २०२० भित्र चीनबाट गरिबी निवारण गर्ने अभियानमा ऐतिहासिक सफलता मिलेको र यसबाट सन् २०३० सम्म विश्वमा सबै प्रकारको गरिबी निवारण गर्ने दिगो विकासको लक्ष्य हासिल गर्नसमेत चीनले महत्वपूर्ण योगदान पु–याएको छ भन्ने आफूलाई लागेको उनले बताइन्।

सन् २०२५ सम्ममा विश्वको प्रमुख नवप्रवर्तन तथा प्रविधि राष्ट्र बनाउने चीनको लक्ष्यमा सफलता मिलोस् भनी उनले शुभकामना दिइन् । राष्ट्रपतिले भनिन्,’नेपाल र चीनबीच परापूर्वकालदेखि नै मैत्रीपूर्ण घनिष्ठ सम्बन्ध रहिआएको छ ।

भूगोल र प्रकृतिले हामीलाई एक अर्कासँग निकट बनाएका छन् । हाम्रा दुई देशलाई महान् बौद्ध सभ्यताको साझा विरासतले आपसमा जोडेको छ । हाम्रा दुवै देशले पारस्परिक मित्रता एवं विकासमा साझेदारीलाई ठूलो महत्व दिएका छन् ।’

राष्ट्रपति भण्डारीले नेपाल एक चीन नीतिका पक्षमा सदैव दृढतापूर्वक उभिएको तथा जायज चासो र सरोकारप्रति नेपाल सधैँ संवेदनशील रहेको स्पष्ट पारिन् ।

नेपालको बहुआयामिक विकासका लागि मित्रराष्ट्र चीनबाट नेपालले सहयोग प्राप्त गर्दै आएको, पछिल्ला वर्षमा चीन सरकारद्वारा प्रवद्र्धन गरिएको ‘बेल्ट एण्ड रोड’ पहलको नेपाल सदस्य बनेकोसमेत राष्ट्रपतिले उल्लेख गरिन् ।

हिमालय वारपार बहुआयामिक सम्पर्क सञ्जाललाई नेपालले अवसरका रूपमा ग्रहण गरेको भन्दै उनले नेपाललाई भू–परिवेष्ठित राष्ट्रबाट भू–जडित राष्ट्रका रूपमा विकास गर्नका लागि चिनियाँ भूमि हुँदै समुद्रसम्म पहुँच प्राप्त गर्न हाम्रा दुवै देशबीच सम्झौता भएको स्मरण गरिन् ।

पूर्वाधारको पनि पूर्वाधारका रूपमा रहेको शिक्षा क्षेत्रको विकासमा चीन सरकारले प्रदान गर्दै आएको सहयोगका लागि आभार प्रकट गर्दै राष्ट्रपति भण्डारीले यस क्षेत्रमा हाम्रो साझेदारीलाई थप सघन तुल्याउनुपर्दछ भन्ने आफूलाई लागेको स्पष्ट पारिन् ।

उनले भनिन्, ‘हाम्रो सहकार्यबाट उत्पादित शैक्षिक जनशक्तिको सदुपयोग गरी समृद्धिको यात्रालाई सफल बनाउनुपर्ने खाँचो रहेको मैले महसुस गरेको छु ।’

नेपाल–चीन मित्रतालाई प्रगाढ बनाउन विभिन्न समयमा उच्चस्तरीय भ्रमण तथा विचार आदानप्रदान हुँदै आएको तथ्य पेश गर्दै राष्ट्रपति भण्डारीले सन् २०१९ अक्टोबरमा चिनियाँ राष्ट्रपति सीले गरेको नेपालको ऐतिहासिक राजकीय भ्रमण एवं सोही वर्षको अप्रिल–मे मा भएको आफ्नो चीन भ्रमण तथा विभिन्न समयमा भएका सौहार्दपूर्ण वार्ताको स्मरण गरिन् ।

विश्वव्यापी महामारीका रूपमा देखिएको कोभिड–१९ विरुद्धको खोपलाई विश्वसमुदायको सार्वजनिक सेवामा उपलब्ध गराउने र आर्थिकरूपमा सर्वसुलभ बनाई सबैको पहुँच सुनिश्चित गर्ने चिनियाँ राष्ट्रपति सीको मानवतावादी प्रतिबद्धताबाट नेपाललगायत विश्वका धेरै देश लाभान्वित भएको उनले बताइन् ।

नेपालका लागि कोभिड–१९ विरूद्धको अभियानमा मित्रराष्ट्र चीनद्वारा उपलब्ध गराइएका खोप, स्वास्थ्य सामग्री र मानवीय सहयोगका लागि नेपाली जनता र नेपाल सरकारकोतर्फबाट मित्र राष्ट्र चीनका जनता र राष्ट्रपतिप्रति उनले कृतज्ञता ज्ञापन गरिन् ।

आज लोकार्पण गरिएको पुस्तक ‘सी चिन फिङ चीनको शासन व्यवस्था’ को दोस्रो भागको अध्ययनबाट चीनले पछिल्ला दशकमा हासिल गरेका चामत्कारिक सफलतामा राष्ट्रपति सी चिनफिङका वैचारिक–राजनीतिक दृष्टिकोण, नीति, कार्यक्रम र तिनको सफल कार्यान्वनका लागि विकास गरिएका शासकीय प्रबन्धका’ बारेमा पाठकले जानकारी प्राप्त गर्नसक्ने आफूले विश्वास लिएको उनको भनाइ छ ।

चिनियाँ राष्ट्रपति सीद्वारा लिखित ‘सी चिनफिङ चीनको शासन व्यवस्था, खण्ड २’ लाई अनुवाद गरी नेपाली पाठकसमक्ष ल्याउने चीन अध्ययन केन्द्र र अनुवादमा संलग्नलाई समेत राष्ट्रपति भण्डारीले धन्यवाद दिइन् ।

भर्खरको समाचार

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

सम्बन्धित समाचार

Scroll to Top