×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

केपी ओलीकी ’छोरी’ले पाइनन् कापी–कलम, स्कुल जानै छाडिन्

८ आश्विन २०७८

८ असोज, मुगु ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अभिभाकत्व ग्रहण गरेकी मुगुम कार्मारोङ गाउँपालिका– ८ मांग्रीकी ठिल्ले साङमु लामालाई शैक्षिक सामग्रीको अभाव भएको छ ।

Advertisement
Advertisement

असार महिनामा सुरु भएको शैक्षिक सत्र बितेको तीन महिना भइसक्दा पनि उनलाई हालसम्म कुनै पनि निकायबाट सहयोग प्राप्त भएको छैन । ओलीपछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीको कार्यभार सम्हालेको करिब तीन महिना हुन लाग्दा पनि लामाको पढाइका लागि कुनै ध्यान नदिएको पारिवारिक स्रोतले बताएको छ ।

जुन प्रधानमन्त्री सरकारमा आएपछि लामालाई हेर्नुपर्ने भए पनि सरकारले गर्नुपर्ने जिम्मेवारी पूरा नगरेको उनकी आमा छिचु लामाले गुनासो गरिन् । ’सहयोग गर्नु त परै जावस्, एक पटक पनि सोधपुछ गरिएको छैन’, छिचु लामाले भनिन् । एक वर्ष अगाडि तत्कालीन प्रधानमन्त्री ओलीले एक पटक मात्र २० हजार रुपैयाँ पठाएका उनले बताइन् । त्यसपछि छोरीलाई कुनै पनि सहयोग नभएको आमा लामाको भनाइ छ ।

कोरोनाले थला परेका विद्यालय पनि विस्तारै खुलेका छन् । विद्यालय खुले पनि लामाको अध्ययन भने खुलेको छैन । लामालाई विद्यालय जान आवश्यक पर्ने सामग्री कापी, कलम, झोला, विद्यालय पोसाकलगायत खाजा, खानाको अभाव भएको बुद्ध माध्यमिक विद्यालय मांग्रीका प्रधानाध्यापक टीकाप्रसाद उपाध्यायले जानकारी दिए ।

उनका अनुसार अहिले ठिल्लेलाई शैक्षिक सामग्रीको अभाव भएको छ । ’विद्यालयमा आउन त एक पटक आउँछन्, पोसाक लगाएको देखिँदैन, हातमा कापी, कलम पनि छैन, स्कुल आउने–जाने कामबाहेक अन्य केही भएको छैन’, उपाध्यायले भने ।

छोरीको समस्या समाधान गर्न वर्तमान प्रधानमन्त्री देउवालाई चाँडोभन्दा चाँडो अभिभावकत्वको जिम्मेवारी पूरा गर्न उनले अनुरोध पनि गरिन् ।

कर्णाली रारा पर्यटन वर्ष, २०७५ मा तत्कालीन प्रधानमन्त्री ओलीले रारा तालको किनारमा पुगेर लामाको अभिभावकत्व ग्रहण गरेका थिए । तर, दुई वर्ष बितिसक्दा पनि ओलीले लामालाई पढाइ खर्च, गास, बास, कपास उपलब्ध नगराइदिँदा ’प्रधामन्त्रीकै छोरी’ भनेर आफन्तले नै गिज्याउन थालेका छन् ।

ठिल्ले अहिले बुद्ध माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत छन् । उनी तीक्ष्ण भए पनि पठनपाठनमा आवश्यक सामग्री नहुँदा पढ्न कहिलेकाहीँ मात्र विद्यालय आउने गरेको विद्यालयले जनाएको छ । घरमा लालनपालन गर्ने अभिभावक नहुनु र बुबाको पनि निधन भएकाले असहाय बनेकी लामाको ओलीले अभिभावकत्व ग्रहण गरेका थिए ।

Advertisement

अहिले घरमा बिहान–बेलुका अन्न जुटाउने चिन्ता हुने गरेको परिवारको गुनासो छ । रारा पर्यटन महोत्सवमा प्रधानमन्त्री पत्नी राधिका शाक्यले पनि छिरिङ छेन्जोङ लामाको अभिभावकत्व ग्रहण गरेकी थिइन् । उनको अवस्था पनि उस्तै छ । प्रधानमन्त्रीकी छोरी लामा र राधिकाकी छोरीले अहिलेसम्म भरपेट खान पाउँदैनन् ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top