गुल्मीमा एम्बुलेन्स चालक कुटिए, अवस्था गम्भीर

७ असोज ७८, शुक्रबार

८ असोज, गुल्मी ।

गुल्मीको दोहली स्वास्थ्यचौकीका एम्बुलेन्स चालकमाथि स्थानीय युवाले कुटपिट गरेका छन् । इस्मा गाउँपालिका ४ दोहलीका ३८ वर्षीय दानबहादुर पाण्डेयलाई स्थानीय लिलबहादुर अछामीले गम्भीर घाइते हुने गरी कुटपिट गरेका हुन् ।

कुटपिटबाट पाण्डेयकोआँखामा निल डाम छ भने आँखामाथिको हड्डी फुटेको छ । दाँत झरेको, खुट्टा र शरीर सुन्निएको पीडितले बताए ।

राति नाक र मुखबाट रगत बगेको अवस्था फेला पाारेपछि तत्काल गुल्मी अस्ताल रेफर गरिएको इस्मा कोभिड १९ अस्पतालका प्रमुख डाक्टर निश्चल शर्माले बताए ।

बिरामी घरमा लैजान स्वास्थ्यचौकी आउँदा बाटोमै कार्यालय नजिकै आफुलाई कुटपिट भएको पीडत पाण्डेयले बताए। । पीडितसँगै संयुक्त एम्बुलेन्स चालक संघले जिल्ला प्रहरी कार्यालयमा घटनाका दोषीहरूलाई कारबाहीको माग गरेर उजुरी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय गुल्मीमा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेयले घटनामा संलग्नको खोजीकार्य जारी भएको बताए ।

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top