व्यास नगरपालिकाले स्नातक उत्तीर्ण बेरोजगार महिलालाई अनुदान दिने

७ असोज ७८, शुक्रबार

८ असोज, तनहुँ ।

Advertisement

तनहुँको व्यास नगरपालिकाले स्नातक उत्तीर्ण बेरोजगार महिलालाई अनुदान दिने भएको छ ।

बिहीवार सम्पन्न भएको पालिकाको नियमित बैठकले पालिकाभित्रका स्नातक उत्तीर्ण बेरोजगार महिलालाई अनुदान दिनेसम्बन्धी मापदण्ड पारित गर्ने निर्णय गरेको हो ।

Advertisement

स्नातक उत्तीर्ण महिलाले कुनै व्यवसाय तथा उद्यम गर्न चाहेमा अनुदान दिने जनाएको छ । तर कुन क्षेत्रमा कति अनुदान दिने भन्ने बारे विस्तृतमा मापदण्डमा उल्लेख गरिने पालिकाले जनाएको छ ।

नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको बैठकमा कार्यपालिका बैठकका निर्णयहरुको समीक्षा गरिनुका साथै कार्यान्वयन हुन बाँकी विषयमा सम्बन्धित् शाखालाई कार्यान्वयन गर्न निर्देशन पनि दिइएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top