इपिएल आजदेखि, पहिलो खेलमा काठमाडौं र ललितपुर भिँड्दै

९ असाेज, काठमाडौं ।

आजदेखि चौथो संस्करणको बजाज पल्सर एभरेस्ट प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिता  शुरु हुदैछ । सबै ६ फ्रेन्चाइज टोलीले आफ्नो तयारी अन्तिम चरणमा पु-याएका छन् । सबै फ्रेन्चाइजले आफ्नो अन्तिम टोली घोाषणा गरि सकेका छन् ।

यसपटक इपिएलमा पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदी देखि भुटानका मिक्यो दोर्जीसम्मका खेलाडीले इपिएल खेल्दै छन् । टेस्ट र एसोसिएट दुबै देशका खेलाडी इपिएलमा हुँदा विश्वमा चर्चा थप बढ्नेछ । सबै टोलीमा ४–४ विदेशी खेलाडी छन् । प्लेइङ–११ मा तीन विदेशी खेल्न पाउनेछन् ।

उद्घाटन खेलमा उपत्यका डर्वीको काठमाडौं किङ्स इलेभेन र ललिपुर प्याट्रिएट्सबीच प्रतिस्पर्धा हुनेछ । खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १२ः१५ बजे हुनेछ । नेपाली लेग स्पिनर सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं किंग्स इलेभेन पहिलोपटक फाइनल खेल्दै उपाधि जित्ने लक्ष्यमा छ । काठमाडौंमा पाकिस्तानका स्टार अलराउन्डर शाहिद अफ्रिदी छन् । तर अफ्रिदी दुई खेलमात्र खेलेर फर्कने छन् । काठमाडौंमा युवा र अनुभवी खेलाडीको मिश्रण छ ।

यसपटकको इपिएलमा विराटनगर वारियर्सका कप्तान पारस खड्का, वसन्त रेग्मी र काठमाडौं किंग्स इलेभेनका दीपेन्द्रसिंह ऐरी र ललितपुरका कप्तान ज्ञानेन्द्र मल्ल देखिने छैनन् । दीपेन्द्र चोटका कारण नखेलेका हुन् । पारस, बसन्त र ज्ञानेन्द्रले व्यक्तिगत कारण नखेल्ने जनाएका छन् ।

ब्याटिङमा सुवास खकुरेल, अमित श्रेष्ठ, राजु रिजाल, सिद्धान्त लोहनी, जिम्बावेका रयान बर्ल र अफगानिस्तानका रहमानउल्लाह गुरबाज छन् । सुरुवाती दुई खेलमा अफ्रिदी हुँदा ब्याटिङ अझ मजबुत हुनेछ । सिद्धान्त र बर्ल आक्रामक ब्याटिङको क्षमता राख्छन् । सिंगापुरका जनक प्रकाश र अमरसिंह राउटेला मध्यगतिका बलिङ अलराउन्डर हुन् । यी दुवै ब्याटर तल्लोक्रममा आक्रामक ब्याटिङको क्षमता राख्छन् । विश्व स्टार सन्दीप काठमाडौंमा मुख्य हतियार हुन् । सन्दीप पछिल्लो समय उत्कृष्ट लयमा छन् । नेपाली क्रिकेटका योर्कर किंग जितेन्द्र मुखिया पनि काठमाडौंमानै छन् । कागजी रुपमा सन्तुलित काठमाडौंले उपाधि जित्न सक्छ ।

यता, साविकको विजेता ललितपुर प्याट्रिएट्स कागजी रुपमा बलियो काठमाडौंलाई हराउँदै सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ । कप्तान ज्ञानेन्द्र मल्ल नहुदा टोलीलाई उनको अभाव खड्कन सक्नेछ । उनले व्यक्तिगत कारण इपिएलमा नहुने आफ्नो टोलीलाई बताइसकेका छन् । युवा ब्याट्सम्यान कुशल भुर्तेलले टोलीको कप्तानी गर्नेछन् । ललितपुरले विदेशी खेलाडीको रुपमा भुटानका ब्याट्सम्यान मिक्यो दोर्जी, अफगानिस्तानका युवा अलराउन्डर आजमतुल्लाह ओमरजाई, श्रीलंकाली विकेटकिपर ब्याट्सम्यान सन्दुन वीराक्कोडी र ओशदा फर्नान्डो रहेका छन् । सन्दीप जोरा, राशिद खान, पवन सरार्फ, कुशल भुर्तेल, सोनु तामाङ, योगेन्द्रसिंह कार्की, कमल खत्री, रिजन ढकाल, बिभत्सु थापा, अरियो पौडेल, शंखर राना, नारायण जोशी, सुर्य तामाङ र नागराज सिंह स्वदेशी खेलाडीको रुपमा छन् ।

लिगमा ६ टोलीले एक अर्कासँग प्रतिस्पर्धा गर्नेछ । शीर्ष चार टोलीले प्ले अफमा स्थान बनाउने छ । लिगमा शीर्ष दुईमा रहने टोलीबीचको पहिलो क्वालिफायरको विजेताले फाइनलमा स्थान बनाउनेछ । तेस्रो र चौथो टोलीले इलिमिनेटर खेल्नेछ । उक्त खेलको विजेताले दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरमा पराजित हुने टोलीसँग फाइनल प्रवेशका लागि खेल्नेछ । फाइनल २३ असोजमा हुनेछ । विजेताले ५० लाख र उपविजेताले १५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top