फिल्मी शैलीमा ‘श्रीपेच’ चोर्ने प्रयास

नारायणहिटी दरबार संग्रहालयमा अवलोकनका लागि बुलेट प्रुफ सिसाले घेरेर राखिएको श्रीपेच चोर्न खोज्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। शुक्रबार दरबार संग्रहालय अवलोकन गर्ने क्रममा रूकुम मुसीकोट नगरपालिका–११ स्थायी घर भई हाल काठमाडौंको म्हेपी बस्दै आएका २५ वर्षीय खिमबहादुर घर्तीले सिसाको सोकेस मुड्की र खुकुरीले हानेर फुटाउन खोजेका थिए।

नारायणहिटी दरबार संग्रहालय व्यवस्थापन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालका अनुसार घर्तीले रूपन्देही कक्षमा रहेको तीन फिट लम्बाइ र दुई फिट चौडाइको सिसाबाट निर्मित सोकेस मुड्की र खुकुरीले हानेर श्रीपेच चोर्ने असफल प्रयास गरेको थिए। घर्तीले श्रीपेच राखिएको सोकेसको सिसा फुटाउन सोही कक्षमा रहेको अर्को सिसाको सोकेस फुटाएर खुकुरी निकाल्ने प्रयास पनि गरेका थिए।

‘टिकट काटेर दरबार संग्रहालय अवलोकन गर्दै रूपन्देही कक्ष पुगेका उनले सर्वप्रथम खुकुरी निकाल्न सिसाको ठूलो सोकेस फुटाउने प्रयास गरेका थिए,’ उनले भने, ‘सोही कक्षमा सुरक्षामा खटिएका नेपाली सेनाले उनलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको थियो। खुकुरी र मुड्कीको सहायताले बुलेट प्रुफ सिसा फुटाएर श्रीपेच झिक्ने प्रयास भएको देखिन्छ। सेनाले नियन्त्रणमा लिँदा उनले श्रीपेच लगाएर राजा बन्न लागेको कुरा गरिरहेका थिए ।’

दरबार संग्रहालय अवलोकनका लागि पुगेका घर्तीले सोकेस फुटाएर श्रीपेच झिक्न खोजेपछि नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिए।

‘राजा बन्छु भन्दै उनले श्रीपेच राखिएको बुलेट प्रुफ सिसाको सोकेस फुटाउन खोजेपछि नियन्त्रणमा लिइएको हो,’ उनले भने, ‘पक्राउपछि सोधपुछका क्रममा उनको मानसिक सन्तुलन ठीक नभएजस्तो देखिन्छ। थप अनुसन्धान भइरहेको छ ।’

उनले घर्तीलाई आपराधिक उपद्रो मुद्दा चलाउने जानकारी दिए। दुई वर्ष बहराइन बसेर फर्किएका घर्तीले त्यहाँ आफूमाथि कुटपिटको घटना भएको बयान प्रहरीलाई दिएका थिए।, यो समाचार नागरिक दैनिकमा छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top