अफगानी महिलाको अधिकार संरक्षण गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

अफगानी महिलाको अधिकार संरक्षण गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

९ असाेज, काठमाडौं ।

अफगानिस्तानमा महिला अधिकारको संरक्षण र त्यहाँको संकट सम्बोधनको माग गर्दै महिला अधिकारकर्मीले काठमाडाैँकाे माइतीघरमा दबाबमुलक कार्यक्रम गरेका छ्न्।

शनिबार नेपाल नारिवादी समूह तथा शान्ति र न्याय मानव अधिकारको समर्थक कर्ताले दबाबमुलक कार्यक्रम गरेका हुन्। उनीहरुले महिला अधिकारको संरक्षण र संकट सम्बोधनको लागि विभिन्न दबाबमूलक प्लेकार्ड बाेकेका थिए ।  यस अघि उनीहरुको सोही विषयमा प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाएका थिए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.