अक्टोबरभित्रै ८० लाख मात्रा कोरोना भाइरसविरुद्धको खोप निर्यात गर्दै भारत

१० असोज ७८, आइतबार
Share this
714shares

१० असोज, काठमाडौं ।

Advertisement

भारतले कोरोना भाइरस विरुद्धको खोपको ८० लाख मात्रा निर्यात गर्ने भएको छ।खोप निर्यातमा लगाइएको प्रतिबन्ध हटेसँगै अक्टोबरको अन्त्यसम्ममा सो मात्रामा खोप निर्यात गरिने भारतीय विदेश मन्त्रालयका शीर्ष अधिकारीले बताए।

प्रधानमन्त्री नरेन्द्र मोदीले वासिङ्टनमा आयोजित क्वाड बैठकमा खोप निर्यात थाल्ने बाचा गरेका छन् । ८० लाख मात्रा मध्ये अधिकांश खोप एशिया–प्रशान्त क्षेत्रका देशहरुमा पठाउने तयारी गरिएको विदेश सचिव हर्षवर्धन शृङ्लालाई उद्धृत गर्दै सञ्चारमाध्यमले जनाएका छन्।

Advertisement

यस वर्षको शुरुमा भारतले सन् २०२२ को डिसेम्बरसम्ममा एक अर्ब मात्रा खोप निर्यात गर्ने बाचा गरेको थियो। तर कोरोना भाइरसको संक्रमण भारतमा तीब्र रुपमा फैलिएपछि सरकारले मेमा खोपको निर्यातमा प्रतिबन्ध लगायो। यही हप्ता भारतले खोप निर्यातमा लगाएको प्रतिबन्ध खुकुलो बनाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top