कतारले परिवर्तन गर्‍यो यात्रा नीति, पर्यटकले दुई दिन क्वारेन्टाइन बस्न पर्ने

१० असोज, दोहा ।

कतारले यात्रा नीतिलाई परिवर्तन गरेको छ । कतारले खोप लगाएका विदेशी पर्यटकले अनिवार्य दुई दिन होटल क्वारेन्टाइन बस्नुपर्ने नियम बनाएको छ ।

यसअघि खोप लगाएकाले १० दिने होटल क्वारेन्टाइन बस्नु पर्ने समयावधि घटाइएको हो । यद्यपि होटल छाड्नअघि पीसीआर परीक्षण रिपोर्ट अनिवार्य पेस गर्नु पर्ने भएको छ ।

रिपोर्टमा नेगेटिभ देखिएको तथा एण्टिबडी टेस्टमा पोजिटिभ देखिए मात्रै निर्वाध हिँडडुल गर्न दिइने हामद मेडिकल कर्पोरेशनले जनाएको छ ।

नयाँ नियम कतार बाहिरबाट यहाँको स्वास्थ्य मन्त्रालयले अनुमोदन गरेको खोपहरू लगाएका आफ्ना नागरिकमा पनि लागु हुने कर्पोरेशनले जनाएको छ ।

कतारले नेपालसहित बंगलादेश, भारत, पाकिस्तान, फिलिपिन्स र श्रीलंकालाई उच्च जोखिम भएका देशहरूको रूपमा वर्गीकृत गरेको छ ।

कतारको यो नयाँ यात्रा नीतिसंगै अब नेपालमा खोप पूर्ण डोज खोप लगाएका र यहाँको स्वास्थ्य मन्त्रालयले मान्यता दिएको खोप लगाएका नेपालीले कतार प्रवेश गर्दा १० दिने होटल क्वारेन्टाइन बस्नुपर्ने बाध्यता हटेको छ । तर,नयाँ नीति कहिलेदेखि लागू हुने केही उल्लेख गरिएको छैन ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top