केन्द्रीय कमिटी बैठकबाट निस्किए भीम रावल, आफूनिकट नेतासित भने– समय आएपछि बोल्छु

१० असोज, काठमाडौं ।

नेकपा एमालेभित्र देखिएको विवाद समाधान गर्न भएको दश बुँदे सहमति कार्यान्वयनमा नेतृत्व गम्भीर नभएपछि माधव नेपाल छोडेर एमालेमै रहेका नेताहरू असन्तुष्ट छन्।

अझ विशेषगरि सुदूरपश्चिमको हकमा सहमति अनुसार २ जेठ २०७५ को अवस्थामा पार्टीलाई क्रियाशील नगरिएको भन्दै एमाले उपाध्यक्ष भीम रावल असन्तुष्ट बनेका छन्।

Advertisement

केन्द्रीय कमिटीको बैठकमा नै नेताहरूले यस विषयमा असन्तुष्टि व्यक्त गरिसकेका छन्। आजको केन्द्रीय कमिटी बैठकअघि स्थायी कमिटी बैठक बसेको थियो। तर, उक्त बैठकमा पनि ठोस सहमति भने भएन। तेस्रो दिनको केन्द्रीय कमिटी बैठक बसिरहेको छ।

आइतबार बैठकमा केहीबेर सहभागी भएका उपाध्यक्ष भीम रावल भने बाहिरिएका छन्। उनले प्रतिक्रिया दिन मानेनन्। तर, उनीनिकट एक नेताले भने अहिले उपाध्यक्ष रावल नबोलेर सहमति लागू हुन्छ कि हुन्न भन्नेमा पर्खिरहेको बताउँछन्।

Advertisement

ञउहाँ अहिले मौन बस्ने र समय आएपछि बोल्ने भन्नेमा हुनुहुन्छ,झ ती नेता भन्छन्, ञकहिलेकाहीँ मौन बसेर गतिविधिलाई हेर्नुपनि पर्छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top