ईपीएल क्रिकेट : वर्षाका कारण खेल अवरुद्ध, पोखरा र भैरहवाको अंक बाँडे

ईपीएल क्रिकेट : वर्षाका कारण खेल अवरुद्ध, पोखरा र भैरहवाको अंक बाँडे

१० असोज, काठमाडौं ।

चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत पोखरा राइनोज र भैरहवा ग्लाडीयटर्सबीचको खेल स्थगित भएको छ ।

वर्षाका कारण खेल स्थगित भएको हो । खेल नतिजा विहीन भएपछि दुबै टोलीले एक–एक अंक बाँडेका छन् ।

पोखराले ब्याटिङ गरिरहँदा खेल वर्षाले रोकिएको थियो । वर्षाले खेल रोकिनु अघि पोखराले १० ओभर १ बलमा ७ विकेट गुमाएर ६५ रन बनाएको थियो ।

आज विहान भएको अर्को खेलमा चितवन टाइगर्सले रोमाञ्चक जित हात पारेको थियो । चितवनले विराटनगर वारियर्सलाई २ विकेटले पराजित गरेको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.