धनुषा : टिपरको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गयो, स्थानीयवासीले टिप्परमा आगो लगाए

धनुषा : टिपरको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गयो, स्थानीयवासीले टिप्परमा आगो लगाए

१० असोज, महोत्तरी ।

धनुषामा टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गएपछि स्थानीयवासीले टिपरमा आगजनी गरेका छन् ।

जनकपुरधामको पिडारी चोकमा ढल्केवर आइरहेको टिपरले ठक्कर दिँदा मोटरसाइकल चालक भारतीय नागरिक आनन्द किशोर दासको ज्यान गएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका दासको उपचारका क्रममा केहीबेर अघि आज आइतवार बेलुका ज्यान गएको प्रहरीले जनाएको छ ।

आज दिउँसो ना ७ ख ४७४८ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.