×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

खुले काठमाडौं महानगरका विद्यालय

११ आश्विन २०७८

काठमाडौं: आइतबारदेखि काठमाडौं महानगर क्षेत्रका सबै विद्यालयमा भौतिक उपस्थितमै पठनपाठन सुरु भएको छ । असोज ६ गते बसेको काठमाडौं महानगरपालिका नगर कार्यपालिकाको कार्यालय शिक्षा विभागको बैठकले असोज १० गतेदेखि विद्यालय खोल्न सक्ने निर्णय गरेको थियो ।

विभागका प्रमुख रामप्रसाद सुवेदीले जारी गरेको २७ बुँदे स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर काठमाडौंका सबै विद्यालय सञ्चालकले विद्यार्थीको भौतिक उपस्थितमै विद्यालय खोलेका हुन् । विद्यालय आउन पाउँदा र साथीभाइ भेट्न पाउँदा विद्यार्थीहरू उत्साहित भएका छन् । नानीबाबुलाई विद्यालय पठाउन पाउँदा अभिभावकहरू पनि दंग देखिएका छन् ।

Advertisement
Advertisement

कालीमाटीस्थित नीलवाराही माध्यमिक विद्यालयमा बालकक्षादेखि १२ सम्मका हजार विद्यार्थी विद्यालयमा आउन पाउँदा निकै रमाए । यो विद्यालयमा तीन सिफ्टमा विद्यार्थीलाई पढाउने व्यवस्था मिलाइएको छ । बिहान ६ देखि १० बजेसम्म कक्षा ११ र १२, बिहान १० देखि दिउँसो १ बजेसम्म आधारभूत तह, दिउँसो १ देखि ४ बजेसम्म कक्षा ९ र १० सञ्चालन गर्न थालिएको विद्यालयकी प्रधानाध्यापक जानुका नेपालले बताइन् ।

‘मास्क, सेनिटाइजर र भैतिक दूरी अनिवार्य रूपमा कायम गरिएको छ,’ नेपालले भनिन्, ‘बालबालिका र तिनका अभिभावकहरूमा कोभिडले निकै सचेतना जगाएको छ ।’ विगतमा केही लापरबाही गरे पनि अहिले अभिभावकहरू नानीबाबुको सिकाइ निरन्तर गराउन र स्वास्थ्य सुरक्षाको ख्याल राख्न सचेत बनेको देखिएको अनुभव उनले सुनाइन् ।

विद्यालयमा भेटिएकी सविता चौधरीले नानीलाई स्कुलमा भौतिक रूपमा पठाउन पाउँदा निकै खुसी लागेको बताइन् । आफू काममा जानुपरेकाले छोराको अनलाइन कक्षा राम्ररी सञ्चालन हुन नसकेको गुनासो उनमा रहँदै आएको थियो । तर, आइतबारदेखि स्कुल खुलेपछि समस्या दूर भएको उनको भनाइ थियो ।

‘घरमा बाबुलाई मोबाइल छाड्नुपर्ने, उसले अनलाइन कक्षाको भिडियो अफ गरेर गेम खेल्न थाल्ने रहेछ । अनलाइन कक्षाले छोरालाई मोबाइलको किरो पो बनायो,’ सविताले भनिन्, ‘बजार सबै खुले । म काममा जानुपर्‍यो । बच्चालाई हेरिराख्ने कि काममा जाने समस्या आइतबारबाट दूर भयो ।’ स्कुलले पनि स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेको उनले जानकारी दिइन् ।

बच्चाहरू घरभन्दा सुरक्षित रहने भएकाले स्कुल निरन्तर लाग्नुपर्नेमा उनले जोड दिइन् । सोही स्कुलको कक्षा २ मा पढ्ने आयुष श्रेष्ठ पनि स्कुलमै रमाइलो भएको सुनाउँछन् । ‘घरमा जेल बसेजस्तो लाग्न थालिसकेको थियो,’ उनी भन्छन्, ‘स्कुलमा गीत गाउन, खेल्न, पढ्न र साथीसँग रमाइलो गर्न पाउँछ । मलाई स्कुलमै रमाइलो लाग्छ । मास्क मैले लगाएकै छु । सेनिटाइजर पनि मसँग छ ।’

महानगर शिक्षा विभागले असोज १० गतेदेखि विद्यालय औपचारिक रूपमै खोल्न सक्ने निर्णाय गरेपछि महानगर क्षेत्रका विद्यालयहरूले आफ्ना शैक्षिक गतिविधि अगाडि बढाउन थालेको त्रिपुरेश्वरमा रहेको विश्वनिकेतन माविका प्रधानाध्यापक हेरम्बराज कँडेलले बताए । ‘महानगर शिक्षा विभागले नै आधिकारिक रूपमा विद्यालय खोल्न पाउने निर्णय गरेलगत्तै महानगरभित्रका विद्यालय केहीले भौतिक रूपमै पठनपाठन सुरु गरेका छन्, केहीले परीक्षा सञ्चालन गरीरहेका छन् ।

केहीले अझै वैकल्पिक विधिबाट पठनपाठन गरिरहेका छन्,’ कँडेलले नागरिकसँग भने, ‘विश्व निकेतनमा शिशु कक्षादेखि स्नातकसम्म करिब ४ हजार विद्यार्थी छन् । आइतबारदेखि विद्यालय खुलेको छ । विद्यार्थी रमाएर उत्साहित भएर स्कुल आएका छन् । असोज १४ गतेदेखि कक्षा ९ र १० को अनि असोज १७ गतेदेखि कक्षा ११ र १२ को पहिलो त्रैमासिक परीक्षा सञ्चालनको तयारीमा छौं ।’

यसैगरी थापाथलीमा रहेको गुहेश्वरी बालशिक्षा माविकी प्रधानाध्यापक नीता पोखरेलका अनुसार आइतबार सबै कक्षा सञ्चालन भए । ‘हाम्रो स्कुलमा कक्षा १० सम्म २ सय विद्यार्थी मात्र छन्,’ उनले भनिन्, ‘स्वास्थ्य सुरक्षाको सम्पूर्ण मापदण्ड अपनाउनुका साथै स्कुलले कार्ड सिस्टम पनि अपनाएको छ ।’ शौचालय जानुपरे कक्षामा उपस्थित शिक्षकसँग कार्ड लिएर मात्र जाने पाउने व्यवस्था गरिएको उनले बताइन् । ‘शौचालयमा भिड कम गराउन यसो गरिएको हो,’ उनले भनिन् ।

Advertisement

विभागका प्रमुख रामप्रसाद सुवेदीका अनुसार विभागले २७ बुँदे स्वास्थ्य सुरक्षाको मपादण्डको कार्यान्वयनमा कडाइ गरेको छ । अनुगमन र नियमनको चुस्त व्यवस्था छ । ‘विद्यालयहरूले विद्यालय सञ्चालनको विस्तृत कार्ययोजना बनाई अनिवार्य रूपमा शिक्षा विभागमा पेस गर्नुपर्छ,’ प्रमुख सुवेदीले भने, ‘सम्पर्कमा रहने शिक्षक, कर्मचारी, चालक, सहचालकलगायत सबैले खोप लगाएको सुनिश्चित गर्ने यदि खोप लगाउन बाँकी भए तुरुन्त कामपा स्वास्थ्य विभागमा सम्पर्क गरी खोप लगाउनु पर्नेछ ।’,याे समाचार नागरिक दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top