×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026

विभिन्न देशका राजदूतको स्वागत: पर्यटकका लागि पोखरा सुरक्षित

११ आश्विन २०७८

पोखरा: कोरोनाका कारण शिथिल बनेको नेपालको पर्यटन व्यवसायलाई ऊर्जा पुुग्ने गरी विभिन्न १० मुलुकका राजदूत पर्यटकीय भ्रमणका लागि पोखरामा आउनुभएको छ ।

४१औँ विश्व पर्यटन दिवसको पूर्वसन्ध्यामा सङ्घीय राजधानी काठमाडौँबाट एकसाथ राजदूत र ती देशका कूटनीतिक नियोगका उच्चस्तरीय पाहुनाहरू पोखरामा आउनुभएको हो । ‘पोखरा घुम्नका लागि सुरक्षित छ’ भन्ने सन्देश दिन यो भ्रमण महìवपूर्ण रहने विश्वास गरिएको छ ।

Advertisement
Advertisement

गण्डकी प्रदेश सरकारको पहलमा नेपालका लागि कतार, यूएई, साउदी अरेबिया, दक्षिण कोरिया, थाइल्यान्ड, बङ्गलादेश, इजिप्ट, जर्मनी, मलेसियासहितका राजदूत पोखरा आउनुभएको हो । तीमध्ये जर्मनी, श्रीलङ्का, दक्षिण कोरिया, मलेसियाबाट धेरै पर्यटक पोखरा घुम्न आउने गर्दछन् । राजदूतको टोलीमा कूटनीतिक नियोगका उच्च पदस्थ प्रतिनिधिसहित २५ जना हुनुहुन्छ ।

उहाँहरूलाई गण्डकी प्रदेश पर्यटन मन्त्रालयका सचिव ज्ञानेन्द्र पौडेल, कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, नेपाल पर्यटन बोर्डका केन्द्रीय सदस्य विप्लव पौडेल, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख काशीराज भण्डारी, पर्यटन सम्बद्ध विभिन्न सङ्घ/संस्थाका प्रतिनिधिले फूलमालासहित रातो कार्पेट ओछ्याएर भव्य स्वागत गर्नुभएको थियो । दुई दिनसम्म पोखरा घुम्ने टोलीलाई आइतबार साँझ गण्डकी प्रदेश सरकारले रात्रिभोज आयोजना ग¥यो । गण्डकी प्रदेश सरकारको संयोजनमा पोखराका पर्यटन व्यवसायीसँग सम्बन्धित संस्थाहरूको समन्वयमा सोमबार विश्व पर्यटन दिवस विशेष कार्यक्रम हुनेछ ।

यस्तै सोमबार बिहान सांस्कृतिक तथा प्राकृतिक सम्पदाको भ्रमण, हाइकिङ हुने कार्यक्रम रहेको छ । उहाँहरूलाई कास्कीको नाउडाँडा हुँदै खाना खानका लागि सराङकोट लगिने छ ।

Advertisement

सोमबार पर्यटन दिवससमेत परेकाले टोलीले सरकारका प्रतिनिधि र पर्यटन व्यवसायीसहित सरोकारवालाले कास्कीकोटको भुजेल गाउँदेखि कास्कीकोट दरबार हुँदै कश्यप तालसम्म हाइकिङ गर्ने कार्यक्रम छ ।,याे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top