चाडपर्वका अवसरमा देशैभर ‘रुट इजाजत’ खुला गर्दै यातायात व्यवस्था विभाग

१० असोज ७८, सोमबार

११ असोज, काठमाडौं ।

नजिकिएका चाडपर्वका अवसरमा सार्वजनिक सवारीसाधनहरूको ‘रुट इजाजत’ खुला हुने भएको छ।

चाडपर्वलाई लक्षित गरी दसैंको फूलपातीदेखि पूर्णिमासम्म सार्वजनिक सवारीसाधनहरूले बिनारुट इजाजत नै मुलुकभरि आवागमन गर्न पाउने व्यवस्था गरिएको यातायात व्यवस्था विभागले जनाएको छ।

सङ्घीय संसद्अन्तर्गतको विकास तथा प्रविधिको सिंहदरबारस्थित समितिको कार्यकक्षमा आइतबार बसेको बैठकमा विभागका महानिर्देशक नमराज घिमिरेले सो जानकारी गराएका थिए।

चाडपर्वको अवसरमा काठमाडौँ बाहिर जाने र आउने यात्रुको आवागमनलाई सहज र व्यवस्थित बनाउन रुट इजाजत खुला गरिएको उनको भनाइ थियो। यस अवधिमा मुलुकको जुनसुकै ‘रुट’मा पनि सार्वजनिक सवारीसाधन चलाउन पाइने उनले स्पष्ट पारे।

त्यसैगरी, बसको छतमा यात्रु तथा पशुपन्छी राख्न नपाइने, सवारीसाधनले बसको ढोकामा विभिन्न गन्तव्यसम्मको भाडादर स्पष्ट रूपमा टाँस गर्नुपर्ने व्यवस्था गरिएको उनले जानकारी गराए।

चाडपर्वको अवधिमा भाडादर अनुगमनका लागि सादा पोसाकका प्रहरी यात्रुका रूपमा परिचालन गरिने तयारी रहेको समेत उनले जानकारी दिए।

घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म ‘मल्टी एक्सल ट्याक्टर ट्रेलर’ काठमाडौँ भित्रिन रोक लगाएको यातायात व्यवस्था विभागले जनाएको छ।

यसैबीच, दशैँलगायतको चाडपर्वका लागि काठमाडौँबाट बाहिरका यात्रुका लागि सोमबारदेखि अग्रिम ‘टिकट बुकिङ’ खुला गरिएकोयातायात व्यवस्या विभागका प्रवक्ता डा.लोकनाथ भुसालले जानकारी दिए।

कोभिड–१९ को महामारीको समयमा सकेसम सम्बन्धित बसको टिकट काउन्टरमा नगई अनलाइनबाट टिकट बुकिङ गर्न मिल्ने व्यवस्था गरिएको उनले जानकारी दिए।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top