विराटनगरमा ल्याण्ड हुन नसकेपछि बुद्ध एयर काठमाडौँ फर्कियो, एयरपोर्टमा हाइ अलर्ट

११ असोज, काठमाडौं ।

Advertisement

बुद्ध एयरलाइन्सको जहाज विराटनगरमा ल्याण्ड हुन नसकेपछि काठमाडौं फर्किएको छ।

सोमबार बिहान विराटनगरतर्फ उडेको जहाजको ल्याण्डिङ गियरमा समस्या भएपछि अवतरण हुन नसक्दा जहाज काठमाडौं फर्किएको हो । अहिले जहाज काठमाडौंकै आकाशमा उडिरहेको छ ।

Advertisement

जहाज काठमाडौं फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा हाइ अलर्ट गरिएको छ । अहिले विमानस्थलमा कुनै उडान भरिएको छैन । विमानस्थल स्रोतका अनुसार अहिले जहाजलाई काठमाडौंमा अवतरण गराउने प्रयास भइरहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top