शपथ, तेजाब र प्रहरीसम्बन्धी विधेयक संसद्मा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय

११ असाेज, काठमाडौं।

सरकारले तेजाब नियन्त्र, शपथ र प्रहरी समायोजनसम्बन्धी ३ वटा विधेयक संघीय संसदमा पेस गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले साे निर्णय गरेको हो।

सरकारका प्रवक्ता एवम् कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सपथ सम्बन्धमा व्यवस्था गरेको विधेयक, नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसञ्चालन विधेयक र तेजाब तथा घातक रसायन नियन्त्रणका सन्दर्भमा बनेको विधेयक संसदमा पेस गर्ने निर्णय भएको जानकारी दिए।

Advertisement

उनले भने, ‘आजको मन्त्रिपरिषद्को बैठकले सानर्वजनिक पद धारण गर्ने व्यक्तिको शपथसम्बन्धि विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति दिएको छ। तेजाब तथा अन्य घातक रासायनिक पदार्थको नियमनका सम्बन्धमा बनेको विधेयक र नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वय) ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकलाई संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय भयो ।’

केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले तेजाब नियन्त्र, प्रहरी समायोजन र शपथ सम्बन्धी अध्यादेश ल्याएको थियो। संघीय संसदमा ६० दिनसम्म पनि प्रतिस्थापन विधेयक नल्याइएका कारण ती अध्यादेशहरु निस्क्रिय भएका थिए।

Advertisement

अघिल्लो सरकारले अध्यादेशका रुपमा ल्याएको कानुनको आवश्यकता रहेको भन्दै शेरबहादुर देउवा नेतृत्वको सरकारले विधेयक पेस गर्ने निर्णय गरेको हो।

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top