‘भनसुन गरेर मिलिहाल्छ भनेर व्यापारी सुध्रिएनन्’

११ असोज ७८, मंगलबार

१२ असोज, काठमाडौं ।

नापतौल विभागले उद्योगीको उत्पादनमा उपभोक्ताको विश्वास कायम हुनुपर्नेमा जोड दिएको छ ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले उद्योगलाई जवाफदेही बनाउने र गुणस्तरीय उत्पादनमा जोड दिइरहेको बताए । ‘यद्यपि कानुनका कारणले पनि प्रभावकारी जान सकेका छैनौ ।

प्रत्येक वर्ष ४०÷५० मुद्दा अदालतमा परिरहेको छ । अनुमति नलिएकोमा पनि चर्को जरिवाना छ । ऐनमा परिमार्जनको खाँचो छ,’ बजार अनुगमन र सरोकारवालाको भूमिका विषयक अन्तर्क्रिरयामा उनले भने ।

पुडासैनीले खुद नापतौलमासमेत समस्या रहेको बताए । ‘दहीमा नै विकृति छ । दही केजीमा बेच्नुहुन्छ । व्यापारी सुध्रिनु भएको छैन । दही लिटरमा बेच्ने हो, केजीमा कहाँबाट आयो ?

यस्ता विकृति छन्,’ उनले भने, ‘ढक र काटा नापतौल ठिक हुनुपर्छ । प्रमाणित ढक काटा प्रयोग गरेकोहो कि हैन उपभोक्ता पनि सचेत हुनुपर्छ ।’

व्यापारीले व्यवसाय सञ्चालनको सबै मापदण्ड पालना गर्नुपर्नेमा त्यस्तो अवस्था नरहेको उनको भनाइ थियो । ‘व्यापारी भनसुन गरेर मिलिहाल्ला भनेर सुध्रिएका छैनन् । कानुनले कही छोड्दैन । व्यापार गर्दा कुन–कुन कानुन आकर्षित हुन्छ भनेर हेर्नुपर्छ,’ उनले भने ।

उद्योगीको उत्पादनमा विश्वास कायम होस् भनेर विभाग लागिरहेको उनको भनाइ थियो ।

भर्खरको समाचार

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top