वर्षमान पुनलाई उपचारका लागि थाईल्याण्ड लगिने

१२ असाेज, काठमाडाैँ ।

Advertisement

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । जन्डिसको समस्या देखिएपछि उनी सुमेरु अस्पतालमा उपचार गराईरहेका छन् ।

उपचारपछि स्वास्थ्यमा कुनै सुधार नभएपनि उनलाई माओवादी केन्द्रले थाईल्याण्ड लैजाने तयारी गरेको हो । पुनको स्वास्थ्य अवस्था स्थिर रहेको माओवादी केन्द्रका एक नेताले बताएका छन् ।

Advertisement

माओवादीका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ले भने, ‘अहिलेसम्म स्वास्थ्यमा सुधार भएको छैन। आज दिनभरी सबै रिपोर्टको अध्ययन गरिने छ। दिनभर स्वास्थ्यमा कुनै सुधारका संकेत नदेखिए थाइल्याण्ड लग्ने तयारी छ । चिकित्सकले सकेसम्म नेपालमै उपचार गरेर निको बनाउने प्रयास गर्नु भएको छ। नेपालमै उपचार सम्भव नभए यसअघि उपचार गरिएको अस्पताल लैजाने कुरा भएको छ।’

पुनको स्वास्थ्य लाभ गर्न माओवादीका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’सहित शीर्ष नेताहरू अस्पताल पुग्ने गरेका छन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top