चुनाव भएको ४ वर्षपछि महोत्तरीको एक वडामा पुनः मतगणना गर्न आदेश

१२ असोज, जनकपुरधाम ।
स्थानीय तहको निर्वाचन भएको चार वर्ष बितिसकेपछि महोत्तरीको एक वडामा फेरी मतगणना गर्ने मिती तोकिएको छ । उच्च अदालत जनकपुरले महोत्तरीको मनरासिस्वा नगरपालिका वडा नम्बर १० को फेरी मतगणना गर्न आदेश दिएको हो ।

२ असोज २०७४ मा भएको निर्वाचनमा जितेर आएका जनप्रतिनिधिको पद सकिनै लाग्दा अदालतले यस्तो आदेश दिएको हो। न्यायाधीशहरु हरिप्रसाद बगाले र रामेश्वर रेग्मीको इजलासले फेरी मतगणनाको आदेश दिएको हो । आदेश अनुसार ७ कात्तिकमा बिहान ११ बजेदेखि मतगणना हुनेछ ।

मुद्दाका पक्षहरु र सम्बन्धित निर्वाचन अधिकृत र निर्वाचन कार्यालय समेतलाई मतगणनाको मिति र समयको जानकारी दिई फेरी मतगणना गर्न उच्च अदालतले आदेश दिएको हो ।

दोर्होयाएर मतगणना गरी पाउँ भन्दै वडा अध्यक्षका उम्मेदवार रमेश रायले उच्च अदालतमा मुद्दा दायर गरेका थिए । उच्च अदालतले २१ असार २०७५ मा फेरी मतगणना गर्ने आदेश दिएको थियो । निर्वाचित भएका अरुणकुमार चौधरीले आदेश विरुद्ध सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

सर्वोच्चले ६ चैत २०७७ मा उच्च अदालतको आदेश सदर गरेको हो । सो आदेश कार्यान्वयनका लागि उच्च अदालतले फेरी मतगणनाको मिति तोकिदिएको हो ।

मतगणनाको नतिजा विरुद्ध मुद्दा दायर गरेका राय स्वतन्त्र उम्मेदवार दिए । राय र नेपाली कांग्रेसका उम्मेदवार अरुण चौधरीले समान ६७ मत पाएका थिए । दुवैको मत बराबर भएपछि गोलाप्रथा गर्दा चौधरी वडाध्यक्षमा निर्वाचित भएका थिए ।

रायको दाबी अनुसार, चौधरीलाई ६४ मत मात्रै आएको हो । निर्वाचनमा खटिएका कर्मचारीले बदर हुनुपर्ने ३ वटा मत मिलाइदिएर ६७ र्पुयाइदिएको दाबी गर्दै मुद्दा दायर गरेका छन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top