×

NEPAL TIMES UPDATES

Playing
Thailand bridge योजना के हो? खाडीले बदलियो रणनीति || Nepal Times
Apr 22, 2026
Playing
Top 15 Afternoon News || April-22-2026 || Nepal Times
Apr 22, 2026
Playing
काठमाडौं आएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?|| Nepal Times
Apr 22, 2026
Playing
बाब अल–मन्डेब इरानको नयाँ हतियार, ट्रम्पनीतिको विरुद्धमा नयाँ ‘कार्ड’|| Nepal Times
Apr 22, 2026
Playing
हर्क साम्पाङले देखाइरहेको राजनीतिक परिपक्कता || Nepal Times
Apr 22, 2026
Playing
दीपक साहलाई “राइट टु रिकल”, सुदन गुरुङलाई.............. ?|| Nepal Times
Apr 22, 2026
Playing
इरान, टर्कीए र यूएईका १४ संस्था र व्यक्तिमाथि अमेरिकी प्रतिबन्ध|| Nepal Times
Apr 22, 2026
Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026

रेबिज कसरी सर्छ, उपचार कसरी गर्ने ?

१२ आश्विन २०७८

१२ असाेज, काठमाडाैँ ।
‘तथ्य बुझौँ, त्रसित नहोऔँ’ भन्ने मुल नारासहित ‘विश्व रेबिज दिवस २०७८’ नेपालमा पनि मनाइएको छ । मंगलवार इपिडेमियालोजी तथा रोग नियन्त्रण महाशाखाले जावलाखेलस्थित चिडियाखानामा एक कार्यक्रम आयोजना गरी विश्व रेबिज दिवस मनाएको हो ।

कार्यक्रमपछि न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा इपिडेमियालोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले रेबिज जंगली तथा घरपालुवा जनावरहरुको टोकाइबाट हुने भएकोले कुनै पनि हेलचेक्राँइ नगरी उपचारमा लाग्नुपर्ने बताए । उनले जनावरको टोकाइबाट हुने यो रोगको उपचार तत्काल भएमात्रै ज्यान बचाउन सकिने भन्दै जनावरको टोकाइबाट हरेक महिना थोरैमा एकदेखि दुई जना मानिसको मृत्यु भइरहेको बताए ।

Advertisement
Advertisement

उनले घरपालुवा कुकुरहरुलाई रेबिजविरुद्धको खोप लगाएर पनि आफू बच्न सकिने भन्दै प्रवक्ता पौडेलले जनावरले टोकिसकेपछि १०÷१५ मिनेटसम्म साबुन पानीले टोकेको ठाउँमा धोएमा पनि यसको असर कम हुने बताए । निर्देशक डा. पौडेलले भने, ‘विशेष यो रेबिज जंगली जनावर, घर पालुवा, कुकुरको टोकाइबाट हुने गर्छ, हाम्रो तथ्यांकअनुसार गत वर्ष पनि ५० प्रतिशत भन्दा बढी व्यक्तिहरु टेकु अस्पतालमा भर्ना हुनु भएको तथ्यांक छ, धेरै डेथहरु पनि भएको छ, बचाउन मिल्ने डेथ भएको छ, मैले पाएको तथ्यांकअनुसार महिनामा करिव करिव एकदेखि दुई जनाको डेथ भएको छ टेकु अस्पतालमै, देशभरको तथ्यांक छैन,रेबिज बास्तवमा घरपालुवा कुकुरहरुलाई रेबिज बिरुद्धको खोप लगाएर बचाउन सकिन्छ,रेबिजबाट बच्ने भनेको कुकुरको टोकाइपछि बनेको घाउलाई साबुनपानीले १०, १५ मिनेट राम्रोसँग धोएर बेलैमा रेबिज बिरुद्धको खोप लगाएर बचाउन सकिन्छ,तर कतिपय अवस्थामा यो त घरकै कुकुर हो,केही लक्षण छैन, ठीकै छ भनेर खोप लगाउँदैनौँ,त्यसले बचाउन मिल्ने व्यक्तिहरुको पनि दुःखद् निधन भएको छ,त्यसैले सचेत बनौँ, आतंकित होइन ।’
वर्षमा २ दर्जनजति रेबिजको लक्षण भएका बिरामीहरु अस्पताल पुग्छन्
त्यस्तै शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका निर्देशक डा. अनुप बाँस्तोलाले वर्षेनी २ दर्जनजति रेबिजको लक्षण भएका बिरामीहरु टेकु अस्पतालमा आउने गरेको बताए । उनले देशभरमा रेबिजबाट मृत्यु हुनेहरुको वार्षिक तथ्यांक राख्न आवश्यक रहेको बताउँदै यसको लागि पहल गरिरहेको बताए ।

कुकुरबाट मानिसमा हुने रेबिजलाई २०३० सम्म शुन्यमा ल्याउने सरकारको योजना रहेको बताउँदै निर्देशक बाँस्तोलाले यसका लागि सबै स्थानमा आम नागरिकले सर्वसुलभ तरिकाले खोप पाउने व्यवस्था गर्नुपर्ने, कुकुरलाई रेबिज हुन नदिन त्यसविरुद्धको खोप लगाउने र कुकुरको जनसंख्यामा कमी गरे २०३० सम्ममा कुकुरबाट हुने रेबिज शुन्यमा ल्याउन सकिने बताए । उनले रेबिजबाट मृत्यु हुनेहरुको तथ्यांक मानिसको मात्रै नभइ जनावरहरुको पनि यकिन तथ्यांक राख्न सरकारले काम गरिरहेको बताए ।

निर्देशक बाँस्तोलाले भने, ‘वर्षेनी २ दर्जनजति रेबिजको लक्षण भएका बिरामीहरु टेकु अस्पतालमा आउने गरेका छन्,कुकुर र अन्य जनावरले टोकेका मानिसहरुको संख्या ३,४ हजारको मासिक सुइ लगाउन आउनेको संख्या हुन्छ भने रेबिज संक्रमित नै भएर सुइ लगाउन आउनेहरुको संख्या वर्षेनी २ दर्जन जति हुन्छ,रेबिजको परिपेक्षमा हेर्ने हो भने हामीले रेबिजलाई मोटिफाइबल डिजिजको रुपमा अघि बढाउनुपर्छ भन्ने कुराहरु अगाडि सारेका छौँ,यसको पछाडिको मुख्य कारण के छ भने यसको यकिन तथ्यांक छैन, टेकु अस्पताल बाहेकका अस्पतालमा उपचाररत गर्नेहरुको डेटा छैन, मानिसमा मात्रै होइन जनावरमा हुने रेबिजको पनि हामीले तथ्यांक राख्नुपर्छ भनेर कुरा अघि बढाएका छौँ, नेपालमा कुकुरबाट मानिसमा हुने रेबिजलाई शुन्य बनाउने भन्ने लक्ष्य सरकारले राखेको छ, २०३० सम्ममा, यसलाई पूरा गर्नको लागि मुख्य तीन वटा कामहरु गर्नुपर्नेछ, एउटा कुनै पनि जनावरको टोकाइपछि लगाउने खोपलाई आम सर्वसाधारणहरुलाई सर्वसुलभ रुपमा सबै स्थानमा पुर्याउने, अर्को भनेको कुकुरलाई रेबिज नहोस् भनेर त्यसविरुद्धको खोप लगाउनुपर्छ, कुकुरको जनसंख्यामा नियन्त्रण हो, यो केही वर्ष लाग्न सक्छ, यदी साच्चै २०३० सम्ममा कुकुरबाट मानिसमा हुने रेबिजलाई शुन्य बनाउने कुरा छ यसलाई परिपूर्ण गर्न यी तीन पिल्लरका कामहरु गर्नुपर्छ ।’

निर्देशक बाँस्तोलाले विकसित देशहरुमा पनि अहिलेसम्म रेबिज भइसकेका व्यक्तिहरुमा औँलामा गन्न सकिनेलाई मात्र बचाउन सकिएको बताए । नेपालमा भने हावादेखि डर लाग्ने र पानी खानदेखि डराउने जस्ता लक्षण देखिसकिएका मानिसहरुलाई बचाउन नसकिने भएकोले समयमै जनावरको टोकाइपछि रेबिजविरुद्धको खोप लगाउनुपर्ने बताए ।

Advertisement

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top