×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विमानस्थलबाट ९ सय ग्राम सुन सहित १७ जना पक्राउ

१२ आश्विन २०७८

१२ असोज, काठमाडौँ।

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानबाट आएका १७ जनालाई अवैध सुनसहित पक्राउ गरेको छ । प्रहरीले दुई दिनयता अवैध सुन ८९९ ग्रामसहित पक्राउ गरेका सबै जना भरिया रहेकाे जनाएकाे छ ।

Advertisement
Advertisement

प्रहरीले ट्याक्सी पार्किङ एरियाबाट १४९ दशमलव ५ ग्राम सुनको बाला ३ थानसहित दुई जनालाई आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भक्तपुर दुवाकोट बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–७ ठेगाना भएका ३३ वर्षीय समुन्द्र दंगाल र काठमाडौं बूढानीलकण्ठ नगरपालिका–१२ बस्ने संखुवासभा खाँदबारी नगरपालिका–११ ठेगाना भएका ४३ वर्षीय सन्तवीर राई छन् ।

उनीहरु दुवै सुनका वास्तविक मालिक नभइए भरिया मात्रै भएको खुलेको छ । समुन्द्रले सिंगापुर एयरलाइन्सको उडानबाट सिंगापुर हुँदै काठमाडौं आएका यात्रुलाई भन्सार छली गर्न उक्त सुन पठाएको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । सोधपुछका क्रममा उक्त काममा राई समेत संलग्न रहेको खुलेपछि उनलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

त्यस्तै विमानस्थल प्रहरीले भन्सार छली गरेर ल्याएको ७५० ग्राम सुन पनि बरामद गरेको छ । सिंगापुर एयरलाइन्स र हिमालय एयरलाइन्सबाट आएका यात्रुबाट आइतबार उक्त सुन बरामद गरिएको हो । प्रहरीका अनुसार ती एयरलाइन्सबाट आएका १५ जना यात्रुबाट सुनका बाला र सिक्री गरी उक्त परिमाणमा सुन फेला पारिएको हो ।

विमानस्थलका विभिन्न स्थानहरुमा खटिएको प्रहरी टोलीले शंका गरिएका यात्रुहरुलाई पछ्याउँदा सुन फेला परेको थियो । प्रहरीले नियन्त्रणमा लिएपछि ती व्यक्तिहरुले सुन आफूहरुको नभएको बयान दिएका छन् । मलेसियाको विमानस्थल र आसपासबाट नामथर नखुलाएकाहरुले ती सुन दिएर पठाएको उनीहरुले बताएका छन् ।

Advertisement

ती सामान काठमाडौं विमानस्थल आसपास र होटलहरुमा आउनेलाई दिनु भनेर अह्राएको खुलेको छ । उनीहरुको साथबाट ५७ लाख २२ हजार बराबरको १४ वटा बाला र एउटा सिक्री बरामद भएको छ । बरामद सुन र पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धानका लागि लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ ।

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top