ईडीभी भिसाका लागि नक्कली प्रमाणपत्र पेस गर्ने ३ पक्राउ

१३ असाेज, काठमाडौं ।

ईडीभी भिसाको लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको अभियोगमा ३ जनालाई काठमाडौंका विभिन्न स्थानबाट मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने चितवन भरतपुर महानगरपालिका-२९ जुगेडी वतन भएका ३६ वर्षीय जीवन कार्की, चितवन खैरेनी नगरपालिका-३ वतन भएका ३१ वर्षीय नविन दराई र काठमाडौं कोटेश्वर बस्ने रौतहट चन्द्रपुर नगरपालिका-९ सिंदुरेघारी बस्ने ३२ वर्षीय शिव रोक्का रहेका छन् ।

नेपालस्थित अमेरिकी दूतावासमा ईडीभी २०२१ को नतिजामा नाम निकाली भिषा प्रक्रियाका लागि आवश्यक शैक्षिक योग्यता प्राप्त नगरेका केही व्यक्तिहरुले भिसा प्रयोजनको लागि १०+२ को नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको भन्ने अमेरिकी दूतावासको सूचनाको आधारमा नविन र शिवलाई महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीले काठमाडौं महाराजगंजबाट मंगलबार दिउँसो पक्राउ गरेको हो ।

थप अनुसन्धानको क्रममा नविनसँग जीवनले १ लाख ७० हजार रुपैयाँ लिई उक्त नक्कली शैक्षिक प्रमाणपत्र बनाई दिएको खुल्न आएपछि उनलाई समेत प्रहरीले काठमाडौं कलंकीबाट पक्राउ गरेको हो ।

उनीहरुलाई लिखत सम्बन्धि कसूर मुद्दामा आवश्यक अनुसन्धान कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकुमा पठाइएको उक्त महाशाखाले जनाएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top