अग्रिम टिकट लिने यात्रुको सङ्ख्या न्यून

१४ असाेज, काठमाडाैँ ।

दशैँ तिहारलगायतका चाडपर्वमा काठमाडौँ उपत्यकाबाट बाहिरिन अग्रिम टिकट काट्ने यात्रुको सङ्ख्या न्यून रहेको छ । कोभिड–१९ का कारण न्यून यात्रुले टिकट काटेको पाइएको हो । सामान्य अवस्थामा भन्दा चाडपर्वमा यस वर्ष उपत्यकाबाट बाहिरिने यात्रु ३० प्रतिशत मात्र रहेको यातायात व्यवसायीले बताएका छन् । कोभिड–१९ का कारण घर फर्किने यात्रुको सङ्ख्या कम भएको हुनसक्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले बताए । “गत वर्ष यात्रुको चाप कम अग्रिम टिकट खुलाइएको थिएन”, उनले भने । यस वर्ष यात्रुलाई घर फर्कन समस्या नहुने उनको भनाइ छ ।

यस पटक टिकट काउन्टरमा यात्रुको भीडभाड छैन । विगत वर्षमा दशैँमा घर फर्किनेमध्ये विद्यार्थीको सङ्ख्या अत्यधिक हुन्थ्यो । यस वर्ष भने विद्यालय र क्याम्पस बन्द रहेका कारण उपत्यकामा विद्यार्थीको सङ्ख्या न्यून छ । कतिपयले कोरोना सङ्क्रमणको जोखिम कायमै रहेको भन्दै उपत्यका छाड्न नचाहेको पाइएको सिटौलाले बताए । उनले भने, “घटस्थापना नकुरेर अहिले नै घर फर्कन हामीले आग्रह गर्दै आएका छौँ ।”

सवारी साधनको नियमित अनुगमन भइरहेको र चाडपर्व लक्षित गरेर यसलाई बढाइएको यातायात व्यवस्था विभागका प्रवक्ता डा लोकनाथ भुसालले बताए । थोरै सङ्ख्यामा यात्रुले अनलाइन टिकट काटेका छन् । पोखरा, लुम्बिनीलगायत ठाउँ जान चाहने पर्यटकले अनलाइन टिकट काटेको पाइएको छ । यात्रुको सहजताका लागि उपत्यकाका नागढुङ्गा, कलङ्की, बसपार्क, माछापोखरी, चाबहिल, गौशाला, सातदोबाटो, बल्खुलगायत १४ ठाउँमा नागरिक सहायता कक्ष राखिएको छ । “ट्राफिक प्रहरी र यातायात विभागले संयुक्तरुपमा अनुगमन गरिरहेका छन्”, भुसालले भने ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top