राजस्थानमाथि बेंगलोरको सहज जित

१४ असाेज, एजेन्सी ।

इन्डियन प्रिमियर लिग (आइपिएल)मा रोयल च्यालेन्जर्स बेंगलोरले राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गरेको छ । बुधबार दुबईमा भएकाे आइपिएलकाे ४३ औं खेलमा जितको लागि १ सय ५० रनको विजयी लक्ष्य पछ्याएको बेंगालेरले १७.१ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो ।

बेंगलोरका ग्लेन म्याक्सवेल ३० बलमा ६ चौका र १ छक्का सहित सर्वाधिक ५० रनमा अविजित रहे । एवि डिभिलियर्स ४ रनमा अविजित रहे । विकेटकिपर स्रिकर भरतले ३५ बलमा ३ चौका र १ छक्का सहित ४४ रनको योगदान दिए । कप्तान विराट कोहली २० बलमा ४ चौका सहित २५ रनमा रन आउट भए । युवा ओपनर देवदत्त पाडिक्कल १७ बलमा ४ चौका सहित २२ रनमा आउट भए । राजस्थानका मुस्ताफिजुर रहमानले ३ ओभरमा २० रन खर्चेर २ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४९ रन बनाएको थियो । राजस्थान रोयल्सका ओपनर एविन लेविसले ३७ बलमा ५ चौका र ३ छक्का सहित सर्वाधिक ५८ रनको योगदान दिए । युवा ब्याट्सम्यान यशस्वी जैसावलले २२ बलमा ३ चौका र २ छक्का सहित ३१ रनको योगदान दिए ।

राजस्थानलाई जैसवाल र लेविसले पहिलो विकेटका लागि ८.२ ओभरमा ७७ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । त्यसपछिका ब्याट्सम्यान चल्न नसक्दा पराजित हुन पुगेको हो । कप्तान सन्जु स्यामसन १९, क्रिस मोरिस १४, लियाम लिभिङस्टोन ६ र रियान पराग ९ रनमा आउट भए ।

बंगलोरका हर्षल पटेलले ४ ओभरमा ३४ रन खर्चेर ३ विकेट लिए । युजभेन्द्र चहल र शहबाज नदिमले २–२ विकेट लिए । ड्यानियल क्रिष्टियन र जर्ज ग्रेटनले १–१ विकेट लिए । राजस्थानले अव शनिबार चेन्नईसँग खेल्ने छ । प्लेअफमा स्थान बनाउन राजस्थानलाई बाँकी सबै खेलमा जित निकाल्नुपर्ने हुन्छ । चेन्नईलाई प्लेअफमा पुग्न औपचारिकता मात्र बाँकी छ । बेंगलोरले आइतबार पन्जाबसँग खेल्ने छ । पन्जाबलाई उक्त खेलमा हराउन सके बेंगलोरको प्लेअफ स्थान पक्का बन्नेछ । पन्जाबले बाँकी सबै खेलमा जित मात्र निकालेर प्लेअफमा पुग्न सक्दैन । अन्य टोलीको नतिजामा पनि निर्भर रहनुपर्ने हुन्छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top