×

NEPAL TIMES UPDATES

Playing
काठमाडौं आएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?|| Nepal Times
Apr 22, 2026
Playing
बाब अल–मन्डेब इरानको नयाँ हतियार, ट्रम्पनीतिको विरुद्धमा नयाँ ‘कार्ड’|| Nepal Times
Apr 22, 2026
Playing
हर्क साम्पाङले देखाइरहेको राजनीतिक परिपक्कता || Nepal Times
Apr 22, 2026
Playing
दीपक साहलाई “राइट टु रिकल”, सुदन गुरुङलाई.............. ?|| Nepal Times
Apr 22, 2026
Playing
इरान, टर्कीए र यूएईका १४ संस्था र व्यक्तिमाथि अमेरिकी प्रतिबन्ध|| Nepal Times
Apr 22, 2026
Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026

विदेश जानेले २ सय अमेरिकी डलरभन्दा बढी नगद लान नपाउने

१४ आश्विन २०७८

काठमाडौं : चालु आर्थिक वर्षको सुरु महिनादेखि ह्वात्तै बढेको व्यापार घाटाका कारण विदेशी विनिमय सञ्चितिमा कमी आएपछि नेपाल राष्ट्र बैंकले घुम्नलगायतका अन्य काममा विदेश जानेलाई दुई सय अमेरिकी डलरभन्दा बढी नदिन कडाइ गरेको छ। हाल वैदेशिक रोजगारीमा जानेले प्रतिव्यक्ति दुई सय र पर्यटक तथा भिजिट भिसामा विदेश जानेले एक हजार पाँच सय अमेरिकी डलरको सटही सुविधा पाउँदै आएका छन्।

केन्द्रीय बैंकका अधिकारीहरूले सबै वाणिज्य बैंक र वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतलाई विदेश जाँदा दिइने गरेको विदेशी मुद्रा सटही सुविधा दुई सय अमेरिकी डलरमा सीमित गर्न निर्देशन दिएको सम्बद्ध स्रोतले जानकारी दियो।

Advertisement
Advertisement

चालु आर्थिक वर्षको पहिलो महिनादेखि व्यापार घाटा बढेको छ भने रेमिटेन्स आप्रवाह घटेको छ। व्यापार घाटा बढेका बेला रेमिटेन्स वृद्धि जारी रहेको भए अमेरिकी डलर सटहीमा कडाइ गर्नुपर्ने अवस्था आउँदैनथ्यो। यतिखेर विदेशी मुद्रा आर्जन गर्ने अर्को स्रोत पर्यटक पनि कोरोना महामारीका कारण नेपालमा आउन पाएका छैनन्।

पछिल्लो समयमा पर्यटक भिसामा जानेले सटही सुविधामा पाएको अमेरिकी डलर दुरूपयोग गरेको पाइएपछि नगद नियन्त्रण गर्नुपर्ने आवाज बैंक तथा वित्तीय संस्थाबाटै उठेको राष्ट्र बैंकका अधिकारी बताउँछन्। ‘नगदमा हुने गरेको सटही सुविधा कार्डमार्फत होस् भनेर विदेश जाँदा दुई सय डलरसम्म नगद दिनुपर्छ भन्ने छलफल भएको हो,’ राष्ट बैंकका प्रवक्ता देवकुमार ढकालले भने, ‘यसको विशुद्ध उद्देश्य अमेरकी डलरको दुरूपयोग रोक्नु हो। यस्तो व्यवस्थाका लागि बैंकहरूले नै माग गरेका हुन्।’

डलर अभाव हुँदै गएपछि राष्ट्र बैंकले तीन वर्षअघि पनि पर्यटक भिसामा विदेश जानेलाई दिँदै आएको दुई हजार पाँच सय अमेरिकी डलरको सुविधालाई एक हजार पाँच सय डलरमा झारेको थियो।

कोरोना महामारी सुरु भएपछि वैदेशिक रोजगारीबाट अनुमान गरिएभन्दा बढी रेमिटेन्स प्राप्त भएपछि गत वर्षसम्म अमेरिकी डलरको त्यति अभाव भएको थिएन। तर करिब डेढ वर्षदेखि कैयन गन्तव्य मुलुकबाट नेपाली कामदारलाई बोलावट नभएपछि त्यसको असर देखिन सुुरु भएको विज्ञ बताउँछन्।

कोरोना महामारी सुरु भएपछि सबभन्दा ठूलो गन्तव्य मलेसियामा नेपाली श्रमिक रोजगारीका लागि जान पाएका छैनन्। त्यस्तै, दक्षिण कोरियाको रोजगारी पनि नियमित हुन सकेको छैन। संयुक्त अरब इमिरेट्स, कतारलगायतका मुलुकले नेपाली कामदार लिए पनि त्यहाँ जाने संख्या न्यून छ। बरु यसबीचमा वैदेशिक रोजगारीबाट करिब ६ लाख नेपाली फर्किएका छन्। विदेशबाट फर्कने क्रम बढेको तर जान नपाएका कारण समस्या आउन सक्ने अनुमान गरेर सतर्कता अपनाउनु परेको सम्बद्ध पक्षको भनाइ छ।

नेपाल बैंकर्स संघका उपाध्यक्ष तथा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्याय पछिल्लो समयमा अर्थतन्त्रका कतिपय सूचक नकारात्मक देखिएकाले विदेशी विनिमय सञ्चितिका लागि सतर्कता अपनाउन जरूरी रहेको बताउँछन्।

विदेश जानेलाई दुई सय अमेरिकी डलरको सटही सुविधा दिनेबारे बैंकरहरूबीच छलफल भए पनि राष्ट्र बैंकले परिपत्र जारी गरिनसकेको उनले बताए। विदेशी मुद्राको सञ्चिति घटेका कारण नगद भुक्तानीमा कडाइ गर्नुपरेको राष्ट्र बैंक स्रोतको भनाइ छ।

राष्ट्र बैंकका अधिकारीहरू दुई सय अमेरिकी डलरको नगद सटही सुविधा लिएपछि बाँकी रकम आवश्यक पर्नेले कार्ड प्रयोग गर्न सक्ने बताउँछन्। पछिल्ला दिन उच्च आयातका कारण व्यापार घाटा बढेर शोधनान्तर ऋणात्मक भएको छ। असारको तुलनामा साउनमा विदेशी मुद्राको सञ्चिति ४४ अर्ब २१ करोड रूपैयाँले घटेर १३ खर्ब ५४ अर्ब ८२ करोड रूपैयाँमा झरेको छ।

कोरोना महामारीपछि पर्यटक नआउँदा विदेशी मुद्रा आउने स्रोतमा कमी आए पनि रेमिटेन्स आप्रवाह बढ्दा विदेशी मुद्रा सञ्चिति बढेको थियो।

Advertisement

गत वर्ष वैदेशिक रोजगारीमा गएका युवाले नौ खर्ब ६१ अर्ब रूपैयाँ रेमिटेन्स पठाएका थिए। सोही वर्ष महामारीका कारण गाडीलगायत विलासी वस्तुको आयातमा पनि कमी आएको थियो। तर साउनपछि आयात बढेको छ भने रेमिटेन्स घटेको छ। ,याे समाचार नागरिक दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top