NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
कम्बोडियाले किन माग्यो युद्धविराम ? शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन् शनिबार साउन १० , २०८२
मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ? शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक शनिबार साउन १० , २०८२
विद्याले ओलीलाई दिइन दनक,मुठ्ठीभर नेताले सदस्यता खोस्न सक्दैनन्  शुक्रबार साउन ९ , २०८२
Next
Prev

समाचार

विदेश जानेले २ सय अमेरिकी डलरभन्दा बढी नगद लान नपाउने

बिहिबार अशोज १४ , २०७८
Reading Time: 1 min read
A A
विदेश जानेले २ सय अमेरिकी डलरभन्दा बढी नगद लान नपाउने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

काठमाडौं : चालु आर्थिक वर्षको सुरु महिनादेखि ह्वात्तै बढेको व्यापार घाटाका कारण विदेशी विनिमय सञ्चितिमा कमी आएपछि नेपाल राष्ट्र बैंकले घुम्नलगायतका अन्य काममा विदेश जानेलाई दुई सय अमेरिकी डलरभन्दा बढी नदिन कडाइ गरेको छ। हाल वैदेशिक रोजगारीमा जानेले प्रतिव्यक्ति दुई सय र पर्यटक तथा भिजिट भिसामा विदेश जानेले एक हजार पाँच सय अमेरिकी डलरको सटही सुविधा पाउँदै आएका छन्।

केन्द्रीय बैंकका अधिकारीहरूले सबै वाणिज्य बैंक र वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतलाई विदेश जाँदा दिइने गरेको विदेशी मुद्रा सटही सुविधा दुई सय अमेरिकी डलरमा सीमित गर्न निर्देशन दिएको सम्बद्ध स्रोतले जानकारी दियो।

चालु आर्थिक वर्षको पहिलो महिनादेखि व्यापार घाटा बढेको छ भने रेमिटेन्स आप्रवाह घटेको छ। व्यापार घाटा बढेका बेला रेमिटेन्स वृद्धि जारी रहेको भए अमेरिकी डलर सटहीमा कडाइ गर्नुपर्ने अवस्था आउँदैनथ्यो। यतिखेर विदेशी मुद्रा आर्जन गर्ने अर्को स्रोत पर्यटक पनि कोरोना महामारीका कारण नेपालमा आउन पाएका छैनन्।

Advertisement

पछिल्लो समयमा पर्यटक भिसामा जानेले सटही सुविधामा पाएको अमेरिकी डलर दुरूपयोग गरेको पाइएपछि नगद नियन्त्रण गर्नुपर्ने आवाज बैंक तथा वित्तीय संस्थाबाटै उठेको राष्ट्र बैंकका अधिकारी बताउँछन्। ‘नगदमा हुने गरेको सटही सुविधा कार्डमार्फत होस् भनेर विदेश जाँदा दुई सय डलरसम्म नगद दिनुपर्छ भन्ने छलफल भएको हो,’ राष्ट बैंकका प्रवक्ता देवकुमार ढकालले भने, ‘यसको विशुद्ध उद्देश्य अमेरकी डलरको दुरूपयोग रोक्नु हो। यस्तो व्यवस्थाका लागि बैंकहरूले नै माग गरेका हुन्।’

डलर अभाव हुँदै गएपछि राष्ट्र बैंकले तीन वर्षअघि पनि पर्यटक भिसामा विदेश जानेलाई दिँदै आएको दुई हजार पाँच सय अमेरिकी डलरको सुविधालाई एक हजार पाँच सय डलरमा झारेको थियो।

कोरोना महामारी सुरु भएपछि वैदेशिक रोजगारीबाट अनुमान गरिएभन्दा बढी रेमिटेन्स प्राप्त भएपछि गत वर्षसम्म अमेरिकी डलरको त्यति अभाव भएको थिएन। तर करिब डेढ वर्षदेखि कैयन गन्तव्य मुलुकबाट नेपाली कामदारलाई बोलावट नभएपछि त्यसको असर देखिन सुुरु भएको विज्ञ बताउँछन्।

कोरोना महामारी सुरु भएपछि सबभन्दा ठूलो गन्तव्य मलेसियामा नेपाली श्रमिक रोजगारीका लागि जान पाएका छैनन्। त्यस्तै, दक्षिण कोरियाको रोजगारी पनि नियमित हुन सकेको छैन। संयुक्त अरब इमिरेट्स, कतारलगायतका मुलुकले नेपाली कामदार लिए पनि त्यहाँ जाने संख्या न्यून छ। बरु यसबीचमा वैदेशिक रोजगारीबाट करिब ६ लाख नेपाली फर्किएका छन्। विदेशबाट फर्कने क्रम बढेको तर जान नपाएका कारण समस्या आउन सक्ने अनुमान गरेर सतर्कता अपनाउनु परेको सम्बद्ध पक्षको भनाइ छ।

नेपाल बैंकर्स संघका उपाध्यक्ष तथा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्याय पछिल्लो समयमा अर्थतन्त्रका कतिपय सूचक नकारात्मक देखिएकाले विदेशी विनिमय सञ्चितिका लागि सतर्कता अपनाउन जरूरी रहेको बताउँछन्।

विदेश जानेलाई दुई सय अमेरिकी डलरको सटही सुविधा दिनेबारे बैंकरहरूबीच छलफल भए पनि राष्ट्र बैंकले परिपत्र जारी गरिनसकेको उनले बताए। विदेशी मुद्राको सञ्चिति घटेका कारण नगद भुक्तानीमा कडाइ गर्नुपरेको राष्ट्र बैंक स्रोतको भनाइ छ।

राष्ट्र बैंकका अधिकारीहरू दुई सय अमेरिकी डलरको नगद सटही सुविधा लिएपछि बाँकी रकम आवश्यक पर्नेले कार्ड प्रयोग गर्न सक्ने बताउँछन्। पछिल्ला दिन उच्च आयातका कारण व्यापार घाटा बढेर शोधनान्तर ऋणात्मक भएको छ। असारको तुलनामा साउनमा विदेशी मुद्राको सञ्चिति ४४ अर्ब २१ करोड रूपैयाँले घटेर १३ खर्ब ५४ अर्ब ८२ करोड रूपैयाँमा झरेको छ।

कोरोना महामारीपछि पर्यटक नआउँदा विदेशी मुद्रा आउने स्रोतमा कमी आए पनि रेमिटेन्स आप्रवाह बढ्दा विदेशी मुद्रा सञ्चिति बढेको थियो।

गत वर्ष वैदेशिक रोजगारीमा गएका युवाले नौ खर्ब ६१ अर्ब रूपैयाँ रेमिटेन्स पठाएका थिए। सोही वर्ष महामारीका कारण गाडीलगायत विलासी वस्तुको आयातमा पनि कमी आएको थियो। तर साउनपछि आयात बढेको छ भने रेमिटेन्स घटेको छ। ,याे समाचार नागरिक दैनिकमा छापिएकाे छ ।

लोकप्रीय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

विचार

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

थप समाचार

कम्बोडियाले किन माग्यो युद्धविराम ?
अन्तर्राष्ट्रिय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्
अन्तर्राष्ट्रिय

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक
ताजा समाचार

विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक

शनिबार साउन १० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Iranमा ह*त्या आतंक, अमेरिकी सुपरमार्केटमा चक्कु प्रहार || Nepal Times

World News: Iranमा ह*त्या आतंक, अमेरिकी सुपरमार्केटमा चक्कु प्रहार || Nepal Times

00:12:45

World News: सय मोस्टवान्टेड Chinaमा, Modiले डुलेरै सके ३६२ करोड || Nepal Times

00:23:28

World News: Bangladeshका पूर्व प्रधानन्यायाधीश प*क्राउ, Indiaले चिनियाँलाई पर्यटक भिसा खोल्यो

00:15:43

World News:ओबामामाथि ‘राजद्रोह’को आरोप, एआई भ्वाइस फ्रडप्रति अल्टम्यानलाई चिन्ता || Nepal Times

00:14:45

World News: अमेरिका जान 250 Dollar ‘कर’, हुथीले कब्जा गरेको बन्दरगाहमा आ*क्र*मण || Nepal Times

00:13:00

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण

विद्याका सबै सपना उडायो हुरीले, पार्टीको झण्डा बोक्नै नपाउने

बुधबार साउन ७ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्यालाई अब कसैले रोक्न नसक्ने, ओलीकै पोल खोलिन्

मङ्लबार साउन ६ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

प्रचण्ड गर्मीकाबीच आज कहाँ हुँदैछ भारी वर्षा ?

बिहिबार साउन ८ , २०८२

हालका पोस्टहरू

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.