बन्चरेडाँडामा फोहोर विसर्जन अनिश्चित, महानगर र विभागबीच बढ्यो असमझदारी

१३ असोज ७८, बिहीबार

काठमाडौं: काठमाडौं महानगरपालिकाले बन्चरेडाँडा ल्यान्डफिल साइटमा सर्तसहित फोहोर विसर्जन नगर्ने भएपछि राजधानीको फोहोर व्यवस्थापन अनिश्चित बनेको छ ।

Advertisement

शहरी विकास तथा भवन निर्माण विभागले काठमाडौं महानगरपालिकालाई विभिन्न सर्त राखी फोहोर विसर्जन गर्न पत्र पठाएपछि प्रतिउत्तरमा महानगरले यही अवस्थामा फोहोर विसर्जन गर्न नसकिने प्रस्ट पारेको छ ।

महानगरले ‘सरकारले अति गर्‍यो’ भन्दै तत्काल फोहोर विसर्जन नगर्ने भएको हो । शहरी विकास तथा भवन निर्माण विभागले महानगरले आधिकारिक निर्णय गरी वैज्ञानिक ढंगले फोहोर व्यवस्थापन गर्नुपर्ने र त्यसको दैनिक अनुगमन गरी गुणस्तरीय ढंगले फोहोर विसर्जन गर्नुपर्ने उल्लेख गरेपछि आक्रोशित महानगरले विभागको आदेश नमान्ने भएको हो ।

Advertisement

कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख हरिकुमार श्रेष्ठले सहयोगी निकायलाई ससर्त फोहोर विसर्जन गर्न आग्रह गर्नु गलत भएको टिप्पणी गर्दै अहिलेकै पत्रका आधारमा फोहोर व्यवस्थापन गर्न नसकिने स्पष्ट पारे। उनले भने– ‘हामीले शहरी विकास विभागको आदेश मानेर फोहोर विसर्जन गर्नुपर्ने र यो त संघीय राजधानी र त्यससँंग जोडिएका स्थानीय निकायको समेत काम हो । तर हामीले मात्र सशर्त फोहोर व्यवस्थापन गर्न सक्दैनौं ।’

फोहोर मैला व्यस्थापन गर्न स्थान अभावलगायतको समस्या उत्पन्न भएको सन्दर्भमा कामपासहितको उपस्थितिमा शहरी विकास मन्त्रालयको सचिवको अध्यक्षतामा भएको बैठकले फोहोर विसर्जन गर्ने निर्णय गरेको थियो ।,याे समाचार नेपाल समाचारपत्र दैनिकमा छापिएकाे छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top