पल्लोटारीका पहिरोपीडितले नेताको आश्वसन पाए, घर पाएनन्

१३ असोज ७८, बिहीबार

१४ असोज, लमजुङ ।

Advertisement

लमजुङको मर्स्याङदी गाउँपालिका–३, पल्लोटारीका पहिरोपीडितको एक वर्षदेखि टहरामै बास छ ।

सरकारका प्रतिनिधिले पटक–पटक घर बनाउने आश्वासन दिए पनि उनीहरूले घर भने पाएका छैनन् । एक वर्षदेखि पहिरो पीडितको नयाँ घरमा बस्ने सपना पुरा हुन सकेको छैन ।

Advertisement

‘सरकारका प्रतिनिधिले वैशाखमा नयाँ घरको चावी दिन्छौं भनेर भाषण गरेका थिए,’ पहिरो पीडित जमुना अधिकारीले भनिन्, ‘हिउँद वित्यो, वर्खा पनि वित्यो, नयाँ घर बनाउने सम्झौतासमेत भएको छैन ।’

सरकारका प्रतिनिधिका आश्वासनले पीडितले घरको जग खन्न सुरु गरे । कसैले डिपिसी ढलानसमेत गरे । तर अनुदानका लागि सम्झौतासमेत नभएपछि पीडितहरू वर्खामा समेत त्रिपालमुनी बस्न बाध्य छन् ।

Advertisement

परिहोमा परी घाइते भएकी मिना अछामी एक वर्षदेखि टहरामै बसेको बताउँछिन् । उनी भन्छिन्, ’पहिरोले घर नै पुरियो नयाँ घरमा बस्ने सपना अधुरै भयो ।

७–८ साउन २०७७ गते पल्लोटारीमा पहिरोले २१ घर पुरेको थियो । पहिरोले ५४ घर उच्च जोखिममा परे । गाउँका चार सय जना एकैपटक विस्थापित भए । उनीहरूलाई तत्काल उद्दार गरी तरापुको देविथानमा राखियो ।

मर्स्याङदी गाउँपालिका–३ का वडाध्यक्ष प्रेम बस्नेतले पहिरोपीडितका लागि घर बनाउन जग्गाको ब्यवस्थापन भइसकेको बताए । देशविदेशबाट संकलन भएको चन्दा रकमबाट जग्गा ब्यवस्थापन गरिएको उनको भनाइ छ ।

बस्नेतका अनुसार पल्लोटारीका ५४ घर र अर्खलेबेंसीका २० घर चालु आर्थिक वर्षमा पुनर्निर्माण हुनेछन् ।

मर्स्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले पहिरोपीडितसँग घर पुनर्निर्माणका लागि तीन घरको सम्झौता भएको र बाकी घर निर्माणको लागि सम्झौताको तयारी भइरहेको जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top