१४ असाेज, काठमाडौं ।
प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । बैठकमा सभामुख अग्नीप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त अध्यादेश खारेज सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
यस्तै बैठकमा महालेखा परीक्षकको अन्ठाउन्नौं वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।