परराष्ट्रमन्त्री भन्छन् – मैले उठाएका मुद्धाहरु अभिलेखित हुनेछन्

१४ असाेज, काठमाडाैँ ।

परराष्ट्र मन्त्री डा. नारायण खड्का संयुक्त राष्ट्रसंघको ७६ औँ महासभामा भाग लिएर स्वदेश फर्किएका छन् । परराष्ट्रमन्त्री डा. खड्कासहितको टोली संयुक्त राष्ट्रसंघको ७६ औँ महासभामा भाग लिएर बिहीवार बिहान स्वदेश आइपुगेको हो ।

महासभा बैठकको सम्बन्धमा विमानस्थलमा पत्रकारसँग कुरा गर्दै मन्त्री खड्काले आफुले महासभाको बैठकमा कोभिड १९ को प्रभावबाट विश्वलाई मुक्त गर्नको लागि सबै राष्ट्रहरुलाई खोप, औषधीउपचार तथा अन्य उपकरणमा समान पहुँच हुनुपर्ने विषय उठाएको बताए । त्यस्तै जलवायु परिवर्तनले नेपालको हिमालय श्रृङ्खलामा ल्याएको परिवर्तनबारे विश्व सचेत हुनुपर्ने, दिगो विकास लक्ष्य प्राप्त गर्नकालागि नेपालजस्तो राष्ट्रलाई सहयोग प्रदान गर्नुपर्ने लगायतको विषय आफुले सम्बोधनका क्रममा उठाएको उनले बताए । त्यसैगरी, विश्वमा आतंकवादको खतरा मुक्त गर्न साझा कार्यक्रम अघि बढाउनुपर्ने तथा शक्ति राष्ट्रहरु हातहतियारको होडवाजीबाट मुक्त भएर हातहतियारमा लगानी गर्ने स्रोत साधन कम विकसित र विकासोन्मुख राष्ट्रको हितमा प्रयोग गर्नुपर्ने कुरा सशक्त रुपमा उठाएको पनि उनले जानकारी दिए । उनले भने – ‘मैले सम्बोधन गर्ने क्रममा मुख्यत्ः विश्वलाई कोभिड १९को अत्यन्त ठुलो प्रभाव छ । त्यसबाट मुक्त गर्नका लागि सबै राष्ट्रहरुलाई खोप तथा अन्य उपकरण तथा औषधी उपचारमा समान पहुँच, त्यस्तै गरेर बद्लिदोँ जलवायु परिवर्तनले हाम्रो हिमालय श्रृङ्खलालाई ल्याएको परिवर्तनहरुको बारेमा पनि विश्व अझ सचेत र जागरुक हुनुपर्छ भन्नेकुरा, त्यस्तै गरेर कम विकसित र भुपरिवेष्ठित राष्ट्रहरुको अधिकारका कुराहरु उनीहरुलाई आवश्यक साधन र स्रोत व्यवस्था गर्ने कुरा, त्यस्तै दिगो विकास लक्ष्यहरु प्राप्त गर्नको लागि नेपालजस्तो राष्ट्रहरुलाई सहयोग प्रदान गर्ने कुराहरु लगायत संयुक्त राष्ट्रसंघ र नेपालको ६३ वर्षभन्दा पुरानो साझेदारी त्यसलाई अझ प्रभावकारी ढंगले लाने, विश्वमा आतंकवादको खतरामुक्त गर्नका लागि साझा कार्यक्रम, साझा पाइला अगाडी बढाउने, विश्वमा बढ्दो हतियारको प्रतिस्पर्धा र घातक हतियारको होडबाजीबाट शक्ति राष्ट्र मुक्त भएर त्यहाँ लगानी गर्ने साधन र स्रोत कम विकसित, विकासोन्मुख राष्ट्रहरुको हितमा प्रयोग गर्नुपर्छ भन्नेकुरा हामीले सशक्त रुपमा उठायौँ ।’

परराष्ट्रमन्त्री खड्काले नेपाल संयुक्त राष्ट्र संघमा शान्ति मिसन पठाउने चौथो ठुलो राष्ट्र भएको हुनाले नेपालका सिपाईलाई उचित सम्मान गर्नुपर्ने र उच्च पद दिनुपर्ने कुरा उठाएको पनि बताए । उनले भारत, बंगलादेश, बहराइन, कुवेत, मालदिभ्सका परराष्ट्र मन्त्रीहरुसँग द्धिपक्षीय हितका विषयमा कुरा गरेको तथा विचार आदान प्रदान गरेको पनि बताए । मन्त्री खड्काले नेपालले सशक्त र जोडदार रुपमा मुद्धाहरु उठाएको भन्दै ति मुद्धाहरु संयुक्त राष्ट्रसंघमा अभिलेखित हुनेमा विश्वास व्यक्त गरे ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top