१४ असाेज, काठमाडौँ ।
प्रधान सेनापति प्रभुराम शर्मा र मित्रराष्ट्र अमेरिकाका राजदूत र्याण्डी बेरीबीच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ ।
प्रधान सेनापति शर्माको कार्यकक्षमा भएको भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको नियमित भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको विज्ञप्तिमार्फत जनाएको छ ।