भाटभटेनीमा भेटियो अनियमितता

१४ असोज ७८, शुक्रबार

काठमाडौं : भक्तपुरको राधेरोधस्थित भाटभटेनी सुपर मार्केटले अनियमितता गरेको भेटिएको छ। जिल्ला प्रशासन कार्यालय भक्तपुरले बिहीबार गरेको बजार अनुगमनको क्रममा चिनी तथा खाने तेलमा २० प्रतिशतभन्दा बढी नाफा लिएको पाइएको हो।

Advertisement

अनुगमन टोलीले मूल्यसूचि नभएको, खरिद बिल देखाउन नसकेको हुनाले उपभोक्ता संरक्षण ऐन बमोजिम कार्वाही गर्ने सहायक प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले बताए। टोलीले भाटभटेनीमा रहेको तरकारीमो तौल नपुगेको तथा महँगोमा तरकारीहरु बेच्न राखेको भन्दै सम्झाईबुझाई गरेको थियो।

दशैंपर्व नजिकिएसँगै खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुहरुमा मूल्यवृद्धि भएको उपभोक्ताहरुको गुनासो आएको भन्दै प्रशाशनले बजार अनुगमन शुरु गरेको जिल्ला प्रशासन कार्यालय भक्तपुरले जनाएको छ। सहायक जिल्ला प्रमुख अधिकारीको नेतृत्वमा उपभोक्ता मञ्च, खाद्य तथा गुण नियन्त्रण विभाग र मध्यपुरथिमि नगरपालिकाको संयुक्त टोलीले बजार अनुगमन गरेको हो।,याे समाचार नागिरक दैनिकमा छापिएकाे छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top