×

NEPAL TIMES UPDATES

Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026
Playing
Top 15 Afternoon News || April-23-2026 || Nepal Times
Apr 23, 2026
Playing
संविधान संशोधनबारे हर्कले दिए ९ बुँदे सुझाव, संसदबाहिर बाटै मन्त्री || Nepal Times
Apr 23, 2026
Playing
होर्मुजमा बारूदी सुरूङ हटाउन Americaलाई ६ महिना लाग्ने || Nepal Times
Apr 23, 2026

योगेश भट्टराईको गाउँमा रूखको टुप्पोमा मात्र भेटिन्छ इन्टरनेट

१५ आश्विन २०७८

१५ असोज, ताप्लेजुङ ।

डाँडामा एउटा डाले घाँसको जस्तै रूख छ । डाँडादेखि तल हे¥यो भने कहालीलाग्दो भिर । निकै परदेखि हेर्दा रूखमा एउटा बाँदर बसेजस्तो देखिन्छ ।

Advertisement
Advertisement

तर, विस्तारै डाँडामा रहेको रूख नजिक पुग्दा थाहा हुन्छ, त्यो त मोबाइलमा इन्टरनेट चलाउनका लागि चितेन्द्र लिङ्देन डाँडाको रूखमा चढेका रहेछन् । उनलाई नेटबाट आफ्नो कागजात ईमेल गर्नुपरेको रहेछ । डाँडामा र त्यसमाथि पनि रूखमा चढेपछि मात्र यहाँ नेटले काम गर्दोरहेछ ।

यो घटना ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका– ५ येम्पाङको हो । येम्पाङ गाउँका चितेन्द्र लिङ्देनलाई गत आइतबार आफ्नो अतिआवश्यक कागजात काठमाडौं पठाउनुपर्ने भयो ।

उनले मोबाइलको नेटवर्क खोज्दै डाँडासम्म पुगे । डाँडामा भएको रूख चढेर एक घन्टाको मोबाइल डाटा प्याकेज लिएर आफ्नो कागजात ईमेलमार्फ काठमाडौं पठाए ।

सन्दीप लिम्बूका दाजु–भाउजू भारतमा बस्छन्। दाजु र भाउजूसँग कुराकानी गर्न मोबाइलमा राम्रो नेटवर्क आउने ठाउँ खोज्दै झाँक्रे डाडाँमा पुगे । झाँक्रे डाँडामा भएको एउटा रूखमा चढेर उनले आफ्ना दाजु–भाउजूसँग भिडियो कलमा कुराकानी गरे धित मरुन्जेल ।

अझ झाँक्रे डाँडामा निकै अप्ठ्यारो ठाउँ भएकाले सीमित मान्छे मात्र यहाँ मोबाइबाट इन्टरनेट चलाउन आउने गरेका छन् । डाँडादेखि तल हेर्दा कहालीलाग्दो भिर छ । त्यसैले महिला, बालबालिका भने अर्कै डाँडामा जाने गरेको स्थानीय सन्दीप लिम्बूले बताए ।

इन्टरनेटबाट केही काम गर्नुपर्ने भयो भने एक घण्टा उकालो हिँडेर सल्लेरी डााडा पुगेर इन्टरनेटबाट काम गर्नुपर्ने मेरिङ्देन गाउँपालिका– ६ नाल्बुका स्थानीय विमना लिम्बूले बताइन् ।

गाउँमा इन्टरनेट सेवा नहुँदा शिक्षामा समेत पछि परेको लिम्बूको भनाइ छ । शहरमा अनलाइन कक्षा हुन्छ तर गाउँमा अनलाइन भनेको के हो भन्नेसमेत थाहा छैन’, लिम्बूले भनिन् ।

इन्टरनेट नहुँदा गाउँपालिका काम गर्नसमेत समस्या हुँदै आएको मिक्वाखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रराज गुरुङले बताए । उनले भने, ’गाउँपालिकाको कार्यालयमा राम्ररी नेट नचल्दा कार्यलय संचानल गर्नसमेत सास्ती हुँदै आएको छ । यस्तै हो भने सदरमुकामदेखि नै गाँपालिकाको सेवा संचालन गर्न बाध्यता हुन्छ ।’

स्थानीय सरकारको प्रमुख प्रशासकीय कार्यालयमै इन्टरनेटको समस्या भएपछि अन्य क्षेत्रमा कस्तो होला, सहजै अनुमान गर्न सकिन्छ ।

गाउँमा मोबाइलमा फोरजी सेवा नहुँदा दुई घन्टा हिँडेर डाँडेनी डाँडामा पुगेर शेयर कारोबार गर्दै आएको फक्ताङलुङ गाउँपालिका– ६ का स्थानीय विवश लिम्बूले बताए । गाउँघरमै मोबाइलमा फोरजी सेवा नभएका कारण राम्रो ठाउँहरूमा लगानी गर्नबाट समेत बन्चित हुनुपरेको लिम्बूको गुनासो छ ।

आफूले लगाएको लगानी कतिखेर वृद्धि भयो, कुन समयमा घट्यो, समयमै थाहा नपाउँदा लगानीसमेत जोखिममा पर्ने गरेको लिम्बूको भनाइ छ ।

इन्टरनेटको राम्रो सेवा नहुँदा चिठी पत्रको सहयतामार्फ सूचना आदानप्रदान गर्दै आएको फक्ताङलुङ गाउँपालिका– ७ याङ्माका स्थानीय ठावा शेर्पाले बताए । याङ्मा क्षेत्रमा कुनै संचारको पहुँज पुग्न सकेको छैन । संचार सेवाको पहुँज नहुँदा खबर आदानप्रदान गर्नमा सास्ती खेप्दै आएको स्थानीय फिन्जो शेर्पाले बताए ।

ताप्लेजुङ जिल्लाका धेरै भूभागमा अझै मोबाइल सेवाको सहज र प्रभावकारी पहुँच छैन । मोबाइल सेवा पुगेका क्षेत्रहरूमा पनि मोबाइलमा कुराकानी गर्दा प्रस्ट नबुझिने फक्ताङलुङ गाउँपालिका– ६ का स्थानीय रोशन लिम्बूले बताए ।

ताप्लेजुङमा २० वटा मोबाइल टावर संचालन भइरहेका जिल्ला दूरसंचार कार्यालय ताप्लेजुङले जनाएको छ । नौवटा टावरमा फोरजी सेवा संचालन भइरहेको दूरसंचार कार्यालय प्रमुख शिवकुमार सिंहले बताउए । ११ वटा टावरले टुजी सेवा दिँदै आएका सिंहले जानकारी दिए ।

अहिले संचारको पहुँज नपुगेको याङ्मा क्षेत्रमा मोबाइल सेवा पु¥याउन सरोकारवालसँग समन्वय गर्ने प्रमुख सिंहले बताए ।

गत साता मात्र प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री योगेश भट्टराईले ताप्लेजुङका विभिन्न १० स्थानमा संचार पूर्वाधार तथा उपकरण व्यवस्था गर्न नेपाल टेलिकमको ध्यानाकर्षण गराएका छन् ।

भट्टराईले नेपाल टेलिकमका महाप्रबन्धक डिल्ली अधिकारीलाई भेट गरी ताप्लेजुङका विभिन्न १० ठाउँमा संचार पूर्वाधार तथा उपकरण व्यवस्था गर्न मागसहित पत्र बुझाउँदै टेलिफोनको गुणस्तर सुधार तत्काल गर्न ध्यानाकर्षण गराएका हुन् ।

भट्टराईले अप्टिकल फाइबर तत्काल ताप्लेजुङ पु¥याउन साथै टेलिफोन सम्पर्क नहुने स्थानमा तत्काल सुधार गर्न आग्रह गर्दै ताप्लेजुङको मैवाखोला गाउँपालिका– २ ढुंगेसाँघु, मेरिङ्देन गाउँपालिका– ६ नाल्बु, फक्ताङ्लुङ गाउँपालिका– ६ लुवाडाँडा, आठराई गाँउपालिका फूलबारी, फुङ्लिङ नगरपालिका दोखु, देउलिङ्गे मिक्वाखोला गाउँपालिका– ५ किलिङ, सिरिजङ्घा गाउँपालिका– ५ खेवाड, सिदिङ्वा गाउँपालिका– १ कालीखोला, फक्ताङ्लुङ– ७ याङ्मालगायतका क्षेत्रमा टेलिफोन टावर राख्न आग्रह गरेका छन् ।

Advertisement

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top