१५ असोज, काठमाडौं ।
नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ८९ हजार ६ सय रुपैयाँ तोकिएको छ ।
सुनको मूल्य बिहिबारको भन्दा ९ सय रुपैयाँले बढेको हो । त्यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला रु ८९ हजार १५० कायम गरिएको छ ।
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला रु एक हजार १४० कायम गरिएको छ । बिहिबार चाँदीको मूल्य प्रतितोला १ हजार १२० रुपैयाँ थियो ।

