पञ्जाबमा केजरीवालको प्रतिवद्धता- आम आदमीले जिते स्वास्थ्य सेवा निःशुल्क

१४ असोज ७८, शुक्रबार

१४ असाेज, लुधियाना।

Advertisement

भारतको आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवालले पञ्जाब प्रदेशमा आफ्नो पार्टीले जिते स्वास्थ्य सेवा निःशुल्क गर्ने घोषणा गरेका छन् ।

दिल्लीका मुख्यमन्त्री समेत रहेका केजरीवालले पञ्जालमा पनि आफ्नो पार्टीको सरकार बनाउनेगरी आफ्ना उम्मेदवारहरूलाई जिताउन आग्रह गरेका छन् ।

Advertisement

पञ्जाबमा हुन लागेको विधान सभाको निर्वाचनका लागि लुधियानामा बिहीबार भएको पत्रकार सम्मेलनमा उनले भने, “हाम्रो पार्टीलाई जिताउनुस् यस प्रदेशमा बस्ने सबै बासिन्दालाई स्वास्थ्य सेवा निःशुल्क गर्नेछौँ ।”

पञ्जाबमा स्वास्थ्य सेवा राम्रो नभएको टिप्पणी गर्दै उहाँले त्यसको सुधार आम आद्मी पार्टीको सरकारले गर्ने दावीसमेत गरे ।

Advertisement

सरकारी स्वास्थ्य संस्थाहरूमा सेवा राम्रो नहुँदा नीजि स्वास्थ्य संस्थाहरूले आम नागरिकलाई नराम्रोसँग ठगेको उनको भनाइ छ ।

मुख्यमन्त्री केजरीवालले भने, “सात बर्ष अगाडि दिल्लीमा पनि यस्तै नराम्रो अवस्था थियो, तर अहिले हाम्रो सरकार आएपछि सरकारी स्वास्थ्य सेवामा धेरै सुधार भएको छ ।”

“म प्रतिवद्धता गर्दछु की पञ्जाबमा पनि हाम्रो सरकार बनाउने अवसर पाएमा त्यस्तै बनाउने छौँ,” उनले भने । उनले पञ्जाबका जनतालाई स्वास्थ्य परीक्षण, औषधी, उपचार, शल्यक्रिया लगायत छ प्रकारका सेवा निशुल्क गराउने दावी गरकेा छन् ।रासस / एएनआई

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top